दिदिबहिनी समाज भिक्टोरियाले अन्तर्राष्ट्रिय नारी दिवस २०२१ को अवसर पारेर ‘वुमन डाइलग डिजिटल फोरम’ नामक एक बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ। ‘चुज टु च्यालेन्ज’ थिम रहने बिशेष कार्यक्रम जुम मार्फत संचालन हुनेछ।
यस बिशेष कार्यक्रम आउँदो सोमबार मार्च ८ गते साँझ ७ देखी ८ बजे सम्म तल दिएको जुम आईडी र पासवर्ड मार्फत सहभागीता जनाउन सकिनेछ।
Meeting ID: 411 002 2993
Password: 232300
कार्यक्रममा दिदिबहिनी समाज, एनआरएनए, नारी निकुण्ज, न्याभ, एएनएमसी र एमयुएनएसएसका महिला प्रतिनिधिहरुले आफ्ना कथा तथा अनुभवहरु सुनाउनेछन्।
अन्तर्राष्ट्रिय नारी दिवस हरेक बर्ष ८ मार्चमा महिलाहरुको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिहरुलाई बिशेष महत्व दिएर मनाइने गरिएको छ।


