eNepal

भिएनसीएको नयाँ कार्य समिती गठन

भिक्टोरीयन नेप्लिज क्रिकेट एसोसिएसनले यसै साता नयाँ कार्य समिती गठन गरेको छ। २०२१/२०२२ का लागि गठन गरिएको समितीको संरक्षकमा विनीत शर्मा हुनुहुन्छ। त्यस्तै अध्यक्षमा सुजीत बस्नेत, उपाध्यक्षमा सन्दीप बोगटी अनि सचीवमा सुमन्यु थापा रहनु भएको छ।कोषाध्यक्षमा सचीन बुढाथोकी, मिडीया र स्पोर्टस कोअडीनेटरमा उत्सव पोखरेल,सदस्यहरुमा द हिमालयन क्लवबाट सुबेस पन्त, नारे किङ्ग्सबाट किशोर कँडेल, एक्सपर्ट सगरमाथा ब्लुजबाट शिव अधिकारी, मेभन क्रिकेट क्लवबाट सुदीप पौडेल, फार वेस्ट क्रिकेट क्लवबाट धिरेन्द्र कुवँर रहेका छन्।

क्रिकेट कोअडीनेटरमा सवीन अधिकारी, अम्पाएरिङ र टेक्निकल कोअडीनेटरमा सन्तोष बस्ताकोटी चुनीएका छन् भने सल्लाहाकारमा विनोद लामा, राजन मास्के र यस्वन्त सुवेदी रहेका छन्।

भिएनसीएको स्थापना केही बर्ष पहिले भिक्टोरीयाको नेपाली समुदाएमा क्रिकेट लगाएत अन्य खेलहरुलाई समृद्ध तुल्याउने दृस्टीकोण सहित संस्थाको विकास गर्न र युवा र उदीयमान खेलाडीहरूलाई उचीत अबसर दिने हेतुले खोलिएको सँस्था हो।

भिएनसीएले निकट भविस्यमानै केही रोमान्चक खेलहरु घोषणा गर्ने जनाएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal