अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्स एलायन्स (एका) ले आज भिक्टोरिया राज्यका क्रियाशील सदस्यहरुबीच मैत्रीभाव र सुमधर सम्बन्ध कायम राख्ने हेतुले एकदिने फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।
स्वास्थ्य अनि फिटनेसलाई प्रबर्द्धन गर्दै शैक्षिक परामर्शदाता संस्थाहरुबीच पनि स्वच्छ प्रतिस्पर्धा कायम गर्नका खातीर एक दिने फुटसल प्रतियोगिता आयोजना गरिएको आजको प्रतियोगिताका संयोजक एवं एकाका उपाध्यक्ष रामचन्द्र पौडेलले जानकारी गराउनु भएको छ ।

छ वटा टिम बिच हुने आजको फुटसल प्रतियोगिता मेल्बर्नको उत्तरी भागमा रहेको रक्सबर्ग पार्कमा हुँदैछ। समुदायमा स्वास्थ्य र फिटनेसलाई प्रबर्द्धन गर्न एक कोष जुटाउने यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ।

