eNepal

अस्ट्रेलिया दिवसको अवसरमा मेल्बर्न निवासी नेपाली मूलकी प्रभा श्रेष्ठ सम्मानित

प्रत्येक बर्षको २६ जनवरीका दिन अस्ट्रेलियाको राष्ट्रिय दिवसको रुपमा मनाइने अस्ट्रेलिया दिवसका दिन नेपाली मूलका प्रभा देवी श्रेष्ठ पनि सम्मानित भएकी छिन ।

१७८८ मा पहिलो पटक ब्रिटिश न्यू साउथ वेल्समा आइपुगेर सिड्नीमा ब्रिटिश झन्डा फहराएको सम्झनामा यस्लाई बार्षिकीको रुपमा अस्ट्रेलिया दिवस मनाउने प्रचलन छ । यो दिवस पछिल्लो समय अस्ट्रेलियाको ईतिहासलाई प्रतिबिम्बित, आधिकारिक सामुदायिक अवार्ड प्रदान, नयाँ अस्ट्रेलियन नागरिकलाई स्वागत गर्ने जस्ता महत्वपूर्ण कार्यक्रम गरेर अस्ट्रेलियालाई बहुसांस्कृतिक देशको रुपमा चिनाउने उद्धेस्यका साथ मनाउने गरिन्छ । 

मेल्टन सिटी काउन्सिलले यही सन्दर्भमा आयोजना गरेको कार्यक्रममा बिभिन्न समुदायका ५ जनालाई अवार्ड प्रदान गरेकोमा नेपाली मूलका प्रभा देवी श्रेष्ठ Gender Equity Leader of the Year अवार्डद्धारा समानित भएकी छिन् । 

ऐस्वर्य बिद्या पदक प्राप्त गरेकी र बिभिन्न अन्तराष्ट्रिय विकास संस्थाहरुमा सिनियर मैनेजमेण्ट टिममा लामो समय कृयाशिल भएपस्चात अस्ट्रेलियन एड छात्रबृति मार्फत मेलबर्न यूनिभर्सिटीबाट एमपिएच गरेकी श्रेष्ठ हाल दिदी-बहिनी समाज भिक्टोरियामा उपाध्यक्षको रुपमा बिभिन्न सामाजिक काममा कृयाशिल छिन् । 

अवार्ड प्राप्त गर्ने अन्यमा Ehab Majid Hadaya (Intercultural Engagement Leader of the Year), Zoe Attard (Access and Inclusion Leader of the Year), Lauchlan Wright (Young Citizen of the Year) and Annette Butterworth (Citizen of the Year) छन ।          
 

कार्यक्रममा मेल्टन सिटी काउन्सिलकी मेयर क्याथी माज्ड्लिक लगायतका पदाधिकारीहरु र भिक्टोरिया राज्यको संसदिय स्वास्थ्य सचिबको जिम्मेवारी बहन गरेका सांसद स्टेभ म्याकघिए उपस्थित थिए । 

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार रामकुमार श्रेष्ठले सामाजिक सन्जाल मार्फत अवार्ड बिजेता सबैलाई बधाई ज्ञापन गरेका छन ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal