eNepal

चितवन समाज र एनआरएनए युथ फोरम भिक्टोरीयाको संयुक्त प्रयासमा दुई दिने रक्तदान कार्यक्रम हुँदै

चितवन समाज भिक्टोरीया र एनआरएनए युथ फोरम भिक्टोरीयाको संयुक्त प्रयासमा मेल्वर्नको बन्डुरामा दुई दिने रक्तदान कार्यक्रम हुने भएको छ। गएका वर्षहरु पनि रक्तदानका कार्यक्रमहरु सफला पुर्बक सम्पन्न भइसकेको र यसैलाई निरन्तरता दिदै यो बर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक एनआरएनए युथ भिक्टोरीयाका कोअडीनेटर वबीन मिश्रले बताउनु भयो।

दोश्रो घर सम्झेर बसोबास गर्दै आएको नेपाली समुदाएबाट यो पुण्य काममा सहयोग गर्न पाएको खुसी व्यक्त गर्दै कोभीड महामारीको बेला र महामारी पछि पनि रक्त बैंकसँग रगतको अभाव महसुस गर्दै रक्तदानको कार्यक्रम अघी सारेको मिश्रले जानकारी गराउनु भयो।

यस पटक चालिस प्याकेट प्लाज्मा दानको आशा गरिएकोले धेरै भन्दा धेरैको सहभागीताको हुने आँकडा गरिएको छ। दुई दिन सम्म हुने रक्तदान कार्यक्रममा सबैले आफ्नो पाएक पर्ने दिन आएर सहयोग गरिदिन चितवन समाज भिक्टोरीयाका अध्यक्ष अनुपम पाठकले अनुरोध गर्नु भएको छ। साथै चितवन समाजले गर्दै आएका सामाजिक कार्यहरुलाई आगामी दिनमा पनि निरन्तरता दिदै अघी बढ्ने जानकारी गराउनु भयो।

चित​व​न स​माज भिक्टोरियाले बर्षेनी बिभीन्न कार्य​क्र​मह​रु आयोजना गर्दै आएको छ। कोभीड १९ को महामारी र त्यस पछि सृजीत बद्लिदो परिस्थितीको कारण कार्यक्रमहरु गर्न असम्भव हुँदाहँदै पनि साम​जिक दायि​त्व​लाई निरन्तरता दिदै बिभीन्न सामाजिक कार्यमा कृयाशिल रहेको छ। 

थप जानकारीको लागि तल दिइएको पोस्टरमा रहेका व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal