eNepal

प्रवासी नेपाली विधार्थी संगठन अस्ट्रेलियाद्वारा क्यान्सर पिडितलाई सहयोग

करीब २ वर्ष देखि क्यान्सरसँग लडीरहेका रोल्पाका २३ वर्षीय भुवन महरालाई प्रवासी नेपाली विधार्थी संगठनले सहयोग गरेको छ।पिडीत भुवनको घरको आर्थिक अवस्था निकै नाजुक भएकाले उनको सहयोगका लागि  प्रवासी नेपाली विधार्थी संगठनले सहयोग रकम जुटाएको थियो ।

सङ्कलित रकम रु एक लाख मिति २०७७/ १०/ ५ मा  रोल्पा नगरपालिकाका नगर प्रमुख र जिल्लाका संचारकर्मीहरुको रोहबरमा क्यान्सर पिडित भुबन र उनको आमालाई हस्तान्तरण गरिएको थियो| 

कोरोना महामारीका बिच पनि विधार्थी र लामो समय देखि अस्ट्रेलियामा इस्थाई रुपमा बसोबास गर्दै आउनु भएका अग्रजहरुको सहभागितामा उक्त सहयोग रकम जुटेको थियो | 

प्रवासी नेपाली विधार्थी संगठन अस्ट्रेलियाका अध्यक्ष सम्राट वलीले इनेपालसँग कुरा गर्दै यस अभियानमा साथदिने सम्पूर्णमा एकमुस्ट रुपमा धन्यवाद दिदै यो एकता आगामी दिनमा अझै मजबुत हुँदै जाने बताएका छन् |

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal