गरौ योग डटेर, कोभिड जान्छ हटेर” भन्ने नाराका साथ नेपालमा छैटौं राष्ट्रिय योग् सप्ताह मनाइदै छ। माघ १ गते नेपालमा राष्ट्रिय योग् दिवश मनाइन्छ। भिक्टोरियाको लागि The Global Society for Peace & Spiritual Science-GSPSS) कि बिश्व शान्ति दुत पार्वती पहारीका अनुसार अस्ट्रेलियाको सिड्नीमा रहनुहुने गुरु प्राचार्य राजन शर्मा ज्युको मार्गनिर्देशनमा नेपाली समय प्रात: ४:३० बाट ६:३० सम्म विभिन्न विश्वविध्यालयको शोध कार्य ,अनुसन्धान र वैज्ञानिक तथ्य सहित समेटिएको २०० घण्टे योग शिक्षक प्रशिक्षणमा अन्तर्राष्ट्रिय योग गुरु (Master Yoga Teacher -MYT) सुरु भैरहेको छ।
योगी प्राचार्य राजन शर्माको सानिध्य्तामा अहिले तेस्रो चरणको २०० घण्टे योग प्रशिक्षक प्रशिक्षण शिविर International Teacher Training (GSPSS _YTT200 HOUR) चलिरहेको छ। जसमा नेपालीहरुले निशुल्क प्रशिक्षण पाउने छन् भने पहिलाको २ सेसनमा सहभागी भएकाको लागि ४०० र ६०० घण्टाको प्रशिक्षण पनि सगै चलिरहेको छ।
साथै अस्ट्रेलियाको समय ३:४५ मा पनि अनलाइन ब्रममुहुर्त ध्यान प्रत्येक बुधबार र शनिबार हुन्छ। Gspss.org.au को website मा यसको detail हेर्न सकिने छ।
हालै योग शिक्षामा विशिष्ठ स्नातक (Advance Diploma) एड्भान्स डीप्लोमा तह सम्मको अध्यापन गर्न पाउने गरि नेपालीद्वारा सन्चालित शिक्षालयलाई ईजाजत प्राप्त भएको छ । विश्व योग अलायन्स तथा योग अलायन्स इन्टरनेशनल , अष्ट्रेलियाली ट्रेड फेयरले लामो अध्ययन अनुसन्धान र प्रकृया पुरा गरे पश्चात निर्धारित पाठ्यक्रमलाई मान्यता दिंदै सो इजाजत दिएको हो । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (The Global Society for Peace & Spiritual Science-GSPSS)अन्तर्गत “महाशक्ति ह्यापि योग(महा योग कलेज) ” नामको शिक्षालयलाई सो ईजाजत मिलेको संस्थाले जनाएको छ ।
योग शिक्षाको शोधकार्य अध्यापन र प्रवर्द्दन गर्दै आउनु भएका नेपाली योग गुरु आचार्य राजन शर्मालाई प्रमुख प्राचार्य (Principal-Lead trainer )रहने गरि इजाजत दिईएको सो शिक्षालयले विश्वभरनै आफ्नो शाखा सन्चालन गर्न पाउंने तथा अनलाइन मार्फत सम्पूर्ण तहका कक्षा संचालन गर्न पाउने भएको छ ।
https://us02web.zoom.us/j/9856016855…
Zoom meeting. ID:9856016855 passcode:111

