अस्ट्रेलीयाको भिक्टोरीया राज्यको नर्दन क्षेत्रमा नयाँ सवारी चालक अनुमति पत्र लिन चाहने ब्यक्तिहरुलाइ सेवा दिदै आएको एभरेस्ट ड्राइभिङ सेन्टरले आफ्नो सेवालाइ अझ प्रभावकारी बनाउन मेल्बर्नको पश्चिममा शाखा बिस्तार गरेको सन्चालक राजन खडकाले जानकारी गराउनु भएको छ।
बिगत ६ बर्ष देखि निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै सैयौं सवारी चालकहरु तयार गरेको एभरेस्ट ड्राइभिङ सेन्टरले सबैलाई समेट्न र ग्राहकहरुको माग बमोजिम भिक्टोरीयाका अन्य क्षेत्रमा समेत निकट भबिस्यमा आफ्नो शाखाहरु बिस्तार गर्ने योजना बनाएको सन्चालक खडकाले बताउनु भयो।
सुरक्षित बनौ सुरक्षित तरीकाले सवारी चलाऔ भन्ने मुल उदेस्य सहित सरल सक्षम प्रशिक्षकहरुबाट सेवा दिदै आएको सेन्टरले अस्ट्रेलीयामा आएर सवारी चालक अनुमती पत्र लिन चाहने सबैका लागि सेवा दिदै आएको छ।

