eNepal

मेल्बर्नका सुनोद एन्जीसँग बरालिदै हिडेपछि (भिडीयो सहित)

मेल्बर्न निवासी मोडेल सुनोद श्रेष्ठ पुनः एक पटक नयाँ म्युजिक भिडीयो बरालिदै हिडेपछि को साथमा आएका छन्। गीतमा सुनोद र एन्जी मुल्मीको अभिनय देख्न सकिन्छ। सागर राजको स्वर, शब्द तथा संगीत रहेको गीतको छायाङकन मेल्बर्नमा गरिएको छ।

मुक्तककारका रुपमा चिरपरिचित मेल्बर्न निबासी सुशील चालिसेको निर्देशनमा तयार भएको भिडियोमा सुनोद श्रेष्ठको परिकल्पना र लगानी रहेको छ ।

सुनिल पराजुलीको कोरियोग्राफी रहेको गीतमा सुजना भारती, वर्षा तिलिजा पुन मगर, प्रशान्त श्रेष्ठ र विशाल परियारको नृत्य देख्न सकिन्छ।

पर्क्युसनमा कुटुम्बका राजु महर्जन र बाँसुरीमा कुटुम्बकै रुबिन श्रेष्ठले साथ दिएका छन् । गीतमा प्रदीप जोशीले ब्याकग्राउन्ड स्कोरिङ, समिक सापकोटाले एरेन्ज र मिक्सिङ गरेका छन् । गीतको भिडियोलाई सुनेश श्रेष्ठ र साकार जोशीले खिचेका हुन् भने दृश्य सम्पादन र कलर ग्रेडीङ सुप्रिम पराजुलीले गरेका छन्।

सुनोद श्रेष्ठले यसअघि आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । सात समुन्द्र पारी, बिर्सन सक्दिन, तिमी र म आधि गीतलाई दर्शक श्रोताले असाध्यै रुचाइएका म्युजिक भिडियोहरुमा पर्छन्। श्रेष्ठले अष्ट्रेलियन टेलिभिजन च्यानल सेभनका प्रसारण हुने विनर एण्ड लुजरको संस्करणमा समेत अभिनय गरिसकेका छन् भने अष्ट्रेलियाको टेलिभिजन एसबिएस मार्फत प्रसारण हुने टेलिफिल्म विल्फेर्ड द डगमा समेत अभिनय गरेका थिए।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal