eNepal

आज श्रीपण्चमी, देवी सरस्वती माताको पुजा आरधना गरी मनाईदै

सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वती माताको पुजा, भक्ती अनि आरधना गर्दै आज सरस्वती पुजा मनाईदै छ।श्रीपञ्चमी र वसन्त पञ्चमीका रुपमा अाज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतिको पुजा अाराधना गरी मनाइने विशेष दिन । आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहेको छ । वैदिक सनातन हिन्दू संस्कारका अनुसार हलो, गोरु, माटो, वोट विरुवा, कुकुर लगायत चेलीवेटी, औजारहरु अनि अन्नवालीहरुकासाथै आजको दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने चलन रहि आएको छ।

विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गरिन्छ।विहानै उठेर प्रातः स्नान पश्चात् चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गर्दैछ अनि गणेश, विष्णु, शिव अनि सूर्यको अर्चना गरिँदै सरस्वतीको उपासना गरिन्छ ।बिशेष गरेर बिधालयहरुमा आझ बिभीन्न कार्यक्रमहरु गर्दै मिठा मिठा मिठाईहरु खाएर सरस्वती पुजा मनाईने चलन रहि आएको छ।विभिन्न रङ्गका तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विधालयहरु सजिसजाउ रहन्छ ।काठमाडौका बिभिन्न सरस्वती मन्दिरहरू जस्तै नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वतीमा आझ बिशेष भिड लाग्ने गर्दछ।आजैका दिन साना साना भाई बहिनीहरुलाई अक्षराम्भ गर्ने चलनरहेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal