eNepal

रोटरी क्लब अफ बौद्धले,बौद्ध स्तुपा परिसरमा भोलि रक्तदान कार्यक्रम आयोजना गर्दै

काठमाडौं – रोटरी क्लब अफ बौद्ध रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल\ भुटान क्लब आइडी ९०२३३ अन्तर्गत विभिन्न सामाजिक काम गर्दै आएकोमा नियमित रक्तदान तथा स्वास्थ सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीक कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर पुस ३ गते शुक्रबार अर्थात् डिसेम्बर १८ गते बिश्व सम्पदा सुचिमा परेको बौद्ध स्तुपाको परिसरमा बिहान ९ बजे देखि २ बजे सम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरि सुरक्षित तवरले आयोजना हुने उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ । रोटरी क्लबले प्रत्येक तीन तीन महिनाको अन्तरालमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।

सामाजिक क्षेत्रमा समेत काम गरिरहेको रोटरी क्लबले नियमित रक्तदान सन्धर्भ पारेर स्वास्थ जनचेतना कार्यक्रम गर्ने भएको छ । बिभिन्न कार्यक्रम गर्दै आइरहेको त्यसैलाई मध्यनजर गर्दै सामाजिक तथा मानवीय सेवामा सक्रिय रोटरी क्लब अफ बौद्धले भक्तपुर रेडक्रसको समन्वयमा तथा प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो सोहि दिन सोहि स्थानमा स्वास्थ्य सचेतनामुलक कार्यक्रम समेत गर्न लागिएको क्लबका पेसिडेन्ट डेन्डी शेर्पाले जानकारी गराउन भयो । आगामी दिनमा थप सामाजिक काम लिएर आउने शेर्पाले बताउनु भयो। उहाले कार्यक्रममा सहभागी हुन समेत सबैलाई अनुरोध गर्नुभएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal