eNepal

नेपाली सोसाइटी अफ नर्देन ताज्मानियाद्वारा सञ्चालित भाषालयको अभिभावक दिवस सम्पन्न

सुभाष मिश्र लन्सेस्टन, ताज्मानिया

नेपाली सोसाइटी अफ नर्देन ताज्मानियाद्वारा सञ्चालित नेपाली भाषा सिकाउने र संरक्षण गर्ने उद्देश्यका साथ सन् २०१८ मा स्थापना भएको भाषालयको अभिभावक दिवस २०२० सम्पन्न भएको छ। प्रवासी संसाधन केन्द्र म्वब्रेमा सम्पन्न कार्यक्रममा बाक्लो संख्यामा अभिभावकहरु, संस्थाका प्रतिनिधीहरु र उत्तर-पश्चिमी भेग डेभनपोर्टबाट समेत सहभागीहरु उपस्थित थिए ।

विभिन्न उमेर समुहका बालबालिकाले विभिन्न किसिमका सांस्कृतिक तथा नेपाली भाषामा कार्यक्रम प्रस्तुत गरेका थिए। बालबालिकाको विगत र अहिलेको भाषा उपलब्धीलाई स्मरण गर्दै संस्थाका अध्यक्ष  नवराज मुडवरीले सिकाइलाई व्यावहारिक पक्षमा जोड दिएकोमा भाषालयको प्रशंसा गरेका थिए। भाषालयका संयोजक शेखर केसीले भाषालयको उपलब्धीको लागि योगदान पुर्याउने सबै पक्षलाई धन्यवाद दिनुहुँदै आउँदा दिनमा यसलाई व्यापक बनाउन सबैको सहयोगको आवश्यकता औंल्याउनु भयो ।

अभिभावक रवि शाहले भाषालयका शैक्षिक क्रियाकलाप जीवनोपयोगी र गुणस्तरीय रहेकाले अझ उत्तरोतर प्रगतिको कामना गरेका थिए।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal