eNepal

मेल्बोर्न नेपाली समाज पश्चिममा नेपाली भाषा कक्षा सन्चालन सुरु

मेल्बोर्न नेपाली समाज पश्चिमले साना साना भाई बहिनीहरुको लागि नेपाली भाषाको कक्षा सन्चालन शुरु गरेको छ।बिदेशको रहनसहन र सँस्कृतीमा रमाउदै गर्दा आफ्नो मौलीक भाषा नबिर्सीउन् भन्ने उदेश्यका साथ नेपाली भाषाको कक्षा सन्चालन गर्न लागिएको हो।

करिब ४० जना सम्म अटाउन सक्ने क्षमता भएको टार्नेट स्थित टार्नेट समुदायिक भवनमा हाल कक्षा सन्चालन हुँदै आएको छ।हरेक हप्ताको शनिबार अपरान्ह ४ बजे देखि ६ बजे सम्म चल्ने सो कक्षामा नेपाली भाषाका कक्षा बाहेक अन्य अतिरीक्त क्रियाकलापहरुमा हाललाई नेपाली नृत्यपनि सन्चालन हुँदैछ। लगभग पन्द्र देखि बिस जना भाईबहिनीहरुको सहभागीता रहेको यो कक्षामा अबिभावकहरुले पनि उत्तिकै चासो दिनु भएको छ।

आफ्ना छोरा छोरी नेपाली नबोल्लान भन्ने पिरले पिरोली रहेको बेला यस्तो कक्षा सन्चालनले कमसेकम केही भएपनि नेपाली भाषा बोल्न र लेख्न सिक्छन्। नेपाली साथी बनाउँछन् अनि रमाउँछन् भनेर यस कक्षामा सामेल गराएको भन्दै यस्तो कक्षाहरु सन्चालन गरेमा हाम्रा छोरा छोरीहरु घरमा गेम र मोबाईलबाट केहीबेर भएपनि टाडा भएर आफ्नो भाषा सिक्ने अविभावकहरुले बताउनु भएको थियो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal