अस्ट्रेलीयन नेप्लिज पब्लिक लिङ्कले सेन्ट भिन्सेन्ट डे पॉल सोसाइटी भिक्टोरिया (भिनिस भिक्टोरिया) सँग साझेदारी गर्दै सरकारबाट अनुदान लिन नपाएका नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई दोश्रो चरणको सहायता दिने भएको छ।
आधारभूत आवश्यकताहरू पूरा गर्न संघर्ष गरिरहेका नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई खाना र आधारभूत घरेलु वस्तुहरू किन्न प्रयोग गर्न सकिने सुपरमार्केट गिफ्ट भउचर प्रदान गर्न लागिएको हो। योग्य विद्यार्थीहरूले $७० को एक कोल्स भाउचर र $५० को एक बिग डब्लू भउचर प्राप्त गर्नेछन्।
यस अगाडि एएनपीएलबाट भिनीस अस्ट्रेलीयासंगको सहकार्यमा २५ जना बिधार्थी भाई बहिनीहरुलाई जनहि $१२० बराबरको गिफ्ट भौचर उपलब्ध गराई सकिएको एएनपिएलका अध्यक्ष निराजन गौलीले एनपिएलको अफिस्यल फेसबुक पेज मार्फत जानकारी गराउनु भएको छ। हामीले गरेको कार्यबाट प्रभाबित भई भिनिस भिक्टोरियाबाट अर्को २० वटा भौचर ANPL लाई फेरि उपलब्ध गराएको हुदा, आउदै गरेको क्रिसमस को बेला काम नभएको कारणले दैनिक सङ्घर्ष गरिरहेका बिधार्थी भाई बहिनीहरुलाई थोरै राहात पुर्याउने आशा लिएको बताउनु भयो।
एनपिएल र भिनिस भिक्टोरियाको तर्फबाट दोश्रो चरणमा २० जनाको लागि सहयोग गर्न लागेको हो।
एएनपिएल एक नाफा रहित गैर सरकारी समुदाय संगठन हो जसले सन् २०१४ देखी अस्ट्रेलियामा नेपाली समुदायमा मानसिक रोगको रोकथाम, मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिम लगाएत सडक / पैदल यात्री सुरक्षा, पानी सुरक्षा र घर र कार सुरक्षा परियोजना सम्बन्धी बिभीन्न तालीम दिदै आएको छ जुन नेपाली समुदायलाई अत्यन्त सान्दर्भिक र धेरै आवश्यक देखिएको छ।
https://docs.google.com/forms/d/1Xbagl5AtiNyENa9PxnZogABW1c0MGWvMz_0oxmtqTLU/edit?vc=0&c=0&w=1&flr=0

