eNepal

दिदी-बहिनी समाज भिक्टोरियाद्धारा यौन/घरेलु हिंसामा परेका महिलाहरुको सहयोगार्थ नेपालमा ४००० डलर सहयोग

दिदी-बहिनी समाज भिक्टोरियाले बिगत ५ बर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट संकलित रकम नेपालको मध्य-पस्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरुको सहयोगार्थ पठाउने गरेकोमा नेपालको तथ्यांकले विस्वब्यापी महामारी कोरोनाको समयमा यौन हिंसा बढेको देखाएकोले यो बर्ष ५,००० डलर पठाउने लक्ष राखे तापनि विस्वब्यापी महामारीका कारण यो बर्ष नियमित रुपमा मनाउने गरेको तीज मनाउन नसकिएकोले लकडाउनका कारण अनलाइन कार्यक्रम मार्फत अस्ट्रेलियन डलर ४,००० पठाउन प्रकृया अगाडि बढाएको छ ।

अहिलेसम्म दिदी-बहिनी समाज भिक्टोरियाले जम्मा ११,००० डलर पठाएकोमा गत बर्ष सबैभन्दा बढी ४,००० डलर पठाएको थियो र पठाइेएको रकमले ७५ जनालाई सहयोग गरिसकेको छ ।

दिदी-बहिनी समाज भिक्टोरियाले प्रदान गर्ने आर्थिक सहयोग छोटो समयको बसाइ, आबस्यक औषधोपचार, कानूनी सुझाब, काउन्सिलिङ, पारिवारिक र सामाजिक मध्यस्तता प्रकृया र तालिमको लागि प्रयोग गरिन्छ । यस्ले महिलाहरुको बिग्रदो स्वास्थ्य र जीवनलाई उनीहरुको आत्मविस्वास र क्षमता अभिबृद्धि मार्फत सामान्यिकरण गर्न सहयोग पुर्याएको छ र यस्को लागि नेपालमा त्यस क्षेत्रमा कृयाशिल “आवाज” संस्थासंग सहकार्य गर्दै आइरहेका छ ।

कार्यक्रममा दिदी-बहिनी समाज भिक्टोरियाका अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष प्रभा श्रेष्ठ, राज श्रेष्ठ, दुर्गा पराजुली, बेन्जु ज्ञवाली, स्‍मृति घिमिरे, बर्षा केसी राजभण्डारी, लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाजका विस्व सल्लाहकार रामकुमार श्रेष्ठ आदिको उपस्थिति थियो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal