eNepal

पाइलट योजना अन्तर्गत पाँच देशबाट अन्तर्राष्ट्रिय बिधार्थीहरु भित्रीए अस्ट्रेलीया

कोभीड महामारीको प्रकोप शुरु भए यता करिव नौ महिना पछि पाईलट योजना अन्तर्गत अस्ट्रेलीयाको डार्वीनमा ६३ जना बिधार्थी आइ पुगेका छन्।

चीन, हङ्कङ, जापान, भियतनाम र इन्डोनेसियाका विद्यार्थीहरू अस्ट्रेलियामा अन्तर्राष्ट्रिय पर्यटकलाई फिर्ता बोलाउने पाइलट प्रोग्रामको एक भागको रूपमा सिंगापुरको सिल्कएयर चाटर्ड उडान मार्फत डार्विन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

नौ महिना अगाडि मार्च २० मा कडा सीमान्त प्रतिबन्ध लगाएपछि पहिलो पटक अस्ट्रेलियाली विश्वविद्यालय चार्ल्स डार्विन युनिभर्सिटिले पाइलट योजना अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गरेको हो।

Photo Source: Supplied

हिजो बिहान आइपुगेका ६३ विद्यार्थीले १४ दिनसम्म क्वारनटिनको लागि हावर्ड स्प्रिंग्स क्वारेन्टाइन सुविधा स्थलमा बस्नु पर्ने छ।

विद्यार्थीहरूले अस्ट्रेलीया अवतरण हुनु भन्दा अगावै कोभीड १९ स्वाव परीक्षा लिनु पर्ने र परिणामहरू उडान भन्दा  ७२ घण्टा पहिले चार्ल्स डार्विन विश्वविद्यालयमा पठाउनु पर्ने थियो।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले प्रत्येक वर्ष उत्तरी क्षेत्र डार्बीनको अर्थतन्त्रमा $१४५ मिलियन डलर योगदान गर्दै आएको छ।

डार्विनमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमन राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको व्यापक फिर्ताको पहिलो चरण हो।

१००,००० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू फेब्रुअरी देखि अस्ट्रोलीया फर्कने स्वीकृतिको लागि पर्खिरहेका छन्।

गएको जूनमा एडिलेड र क्यानबेरामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गर्ने योजनाहरू देशको संक्रमणको दोस्रो लहरका कारण ढिला भएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal