eNepal

विश्वका एक सय प्रभावशाली तथा प्रेरणादायी महिलाको सूची’ मा नेपालकी सपना रोका मगर

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी छन्। 

१६ महिनाअघिसम्म साथीभाइको लहैलहैमा लागेर दुर्व्यसनमा फसेकी सपना छोटो समयमा नै विश्वको उत्प्रेरक र प्रभावशाली महिलाको रूपमा परिचय बनाउन सफल भएकी हुन्।

तिन सय भन्दा बढी बेवारिसे शवलाई आफ्नै हातले दाग बत्ती दिइसकेकी सपनाले  ‘कर्मबुवा’ मानेका विनयजंग बस्नेतसँग मिलेर पछिल्लो ६ महिनामा मात्रै सय भन्दा बढी शव को अन्तीम सँस्कार गरी सकेकी छिन्।

३५ दिन सम्म पनि शवको दाबी गर्न नआएमा सपना आबद्ध सँस्था धार्मीक परम्परा अन्तर्गत शवको अन्त्यस्टी गर्ने गरेको छ।

बिबिसीले प्रकासित गरेको १०० प्रभावशाली महिलाको सूचीमा उक्त सूचिमा फिनल्याण्डको महिला गठबन्धन सरकारको नेतृत्व गर्ने सन्ना मारिन, नयाँ अवतार र मार्वल फिल्महरूका स्टार मिशेल येहो र कोरोनाभाइरस खोपमा अक्सफोर्ड विश्वविद्यालय अनुसन्धानका प्रमुख सारा गिलबर्टका साथै जलवायु परिवर्तनकर्ता जेन फोंडा पनि रहेका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal