बिगत आठ बर्षदेखी जिलोङ र जिलोङ आसपासमा बसोबास गर्ने नेपालीहरुलाई साथसहयोग र उनीहरुको हकहितका लागि काम गर्दै आएको जिलोङ नेपालिज एसोसियन (GNA)को वार्षिक साधारणसभा आउँदो १३ डिसेम्बर आइतबारलाई दिन तय भएको छ।
जिएनएका अध्यक्ष निरज करणजीतको जानकारी अनुसार ६ डिसेम्बरसम्म सँस्थाको सदस्यता लिन चाहानेहरुको लागि खुल्ला गरिएको छ भने ७ डिसेम्बरका दिन कार्यकारिणी सदस्यहरुको नामावली प्रकासित गरिने छ। कार्यकारिणी सदस्यहरुको दावी र बिरोधको सागि ८ डिसेम्बर मध्यरात सम्मको समय तोकिएको छ भने अन्तिम नामावली ९ डिसेम्बरमा प्रकासित गरिने छ।१० डिसेम्बरमा उमेद्वारहरुको लागि आवेदन दिने, ११ डिसेम्बरमा अन्तिम नामावली प्रकाशित गरिने र १२ डिसेम्बरमा उमेद्वारीबाट फिर्ता लिने र अन्तिम नतिजा प्रकाशीत गरिने छ।
यदि नेपाली समुदायबाट कोही जिएनएको कार्यकारिणी सदस्यमा बसेर समुदायको सेवा गर्न ईच्छुक हुनुहुन्छ भने तल दिएको लिङ्कमा गएर आफ्नो नोमिनेसन भर्न सक्नु हुनेछ। जिएनएलाई सुदृढ र उत्तम बनाउन समुदाएका सबैलाई सदस्यता लिनलाई समेत अध्यक्ष करणजितले आग्रह गर्नु भएको छ।
https://docs.google.com/forms/d/e/1FAIpQLScCRnk9FcfBWVq6EtaoVBaelYFChC0w50FT8uR4roasLw9ndw/viewform
जिएनएले गएको दुई बर्षमा गरेका कामहरु यस प्रकार रहेका छन् –
१: १०० कोभीड आपतकालिन राहत प्याकेजहरू ($ १०० / प्याकेट) वितरण गरेको छ भने करिव २५० व्यक्तिले यो सहयोगबाट लाभ लिएका छन्।
२. अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई किराना किनमेलका लागि $५० बैंक स्थानान्तरण प्रदान गरेको छ।
३. कोभीड महामारी सुरू भएको समयमा विद्यार्थीहरूको लागि आवश्यक खाना प्याकेजको व्यबस्था।
४. कोभीड संकटको बेलामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई तयारी खानाको वितरण
५. मानसिक स्वास्थ्य र कल्याण जागरूकता कार्यक्रम सम्पन्न
६. नेपाली समुदायका सदस्यहरूलाई १० डेस्कटप कम्प्युटरहरू सहयोग
७. होली चाड र वन भोज कार्यक्रम
८. नेपाली भाषा र बच्चाहरूको लागि ६ महिने नृत्य कक्षा
९. तीन महिनाको लागी मादल कक्षा (इनडोर गतिविधि)
१०. दुई दिने प्राथमिक चिकित्सा मानसिक स्वास्थ्य कार्यशाला
११. लाईफ सेभिङ भिक्टोरियाको समन्वयमा जल सुरक्षा कार्यक्रम
१२. नेपाली नयाँ वर्ष बि. सं २०७६ र परम्परागत स्वस्थ खाना पकाउने।
१३. आउटडोर शैक्षिक शिक्षा अन्तर्गत एकदिने वेरेबी चिडियाखाना भ्रमण।
१४. रक्तदान कार्यक्रम
१५. पाको फेस्टीभल २०१९
१६. तीज २०१९ भव्यताका साथ सम्पन्न
१७. आर्मस्ट्रांग क्रिक समुदाय हबमा दशैं २०१९ सम्पन्न
१८. २०१९ को देउसी भैलो कार्यक्रम
१९. नेपालमा वाढी पीडितको लागि कोष संकलन

