आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो । सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ ।
टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ । सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगीन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो । सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले एकदर्जन बढि टेलिभिजन च्यानलहरु नियमित प्रसारणमा छन् ।
हाल नेपालबाट बिदेशका विभिन्न देशमा बसोबास गर्ने नेपालीले पनि टिभी च्यानल लगायत न्युज खबर प्रसारण गर्दै आएका छ्न।
यसै क्रममा ईनेपाल एचडी टिभीको रुपमा अष्ट्रेलियामा बसोबास गर्दै आएका मनोज पौडेलको नेतृत्वमा टिभीको सुरुवात गरिएको छ। जस्ले अष्ट्रेलिया बसोबास गर्दै आएका आम नेपालिको समाचार सम्प्रेषण गर्दै आएको छ। साथै ईनेपाल अनलाइनखबर पनि केही बर्ष देखि संचालनमा आएको छ।
आज बिश्व टेलिभिजन दिवसको अवसरमा ईनेपाल परिवार शुभकामना व्यक्त गर्दछौं ।

