eNepal

नेपाल कन्सुलेट भिक्टोरीयाको १२ औं वार्षिकोत्सवको अबसरमा राष्ट्रिय गीत सार्बजनिक

भिक्टोरीयाकोलागि नेपाली महावाणिज्यदूत कार्यलयले आफ्नो १२ वार्षिकोत्सव र छठ पर्वको अवसर पारेर ‘चन्द्र सूर्य अंकीत मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक गरेको छ।

पत्रकार एवम् साहित्यकार निरु त्रिपाठीको शब्द, वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यको संगीत र नेपाल आइडल सिजन २ की प्रतियोगी र पछिल्लो समयकी लोकप्रीय गायिका अस्मिता अधिकारीको स्वरमा रहेको  रास्ट्रिय गीत अधिकांश मेल्वर्नमा नै छायाङ्कन गरिएको छ। गीतको भिडीयो जिवन रसाईलीले निर्देशन गरेका हुन्।उक्त गीतमा मेल्वर्नकै नवकलाकारहरु समृद्धि (शाम) हाडा, राहुल गजमेर तथा समुदायका अन्य भाइबहिनीहरुले अभिनय गरेका छन्।

महावाणिजयदूत चन्द्र योन्जनले नेपाली भाषा, संस्कृती, पर्यटन र व्यवसाय प्रबर्धन गरि रहँदा नेपाली गीत सङ्गीतको पनि प्रबर्धन गर्नु पर्छ भन्ने हेतुले अहिलेको परिस्थितीलाई मध्यनजर लगाउँदै उक्त देशभक्ती गीत प्रस्तुत गरेको बताउनु भयो। 

कार्यलयले हरेक बर्ष नेपाल पर्यटन प्रबर्धन गर्दै आएपनि यसपाली भने कोरोनाको महामारीले त्यो सम्भव नहुँदा संगीतबाट भएपनि देशको प्रबर्धन गरौ भनेर उक्त रास्ट्रिय गीत निकालिएको जानकारी गराउनु भयो। हामी सँसारको जहाँ जसरि रहेपनि मातृभूमीको माया र महत्व सधै विशेष रहने उहाँको धारणा रहेको छ।

महावाणिज्यदूत कार्यलयको जनसम्पर्क अधिकृत तथा सचीव समेत रहेकी गीतकार निरु त्रिपाठीको बजारमा आएको यो दोश्रो गीत हो। विदेशमा बसिरहँदा पनि स्वदेशलाई महसुस गरेर रास्ट्रिय गीत लेख्दा मनमा एकदमै आनन्द लाग्ने उनले बताइन्।

देशभक्तिले ओतप्रोत भएको यस गीत महावाणिज्यदूत कार्यलयले आफ्नो देश नेपाल, विश्वको हरेक कुनामा बस्ने समस्त नेपालीहरु र आफ्नो मातृभूमि नेपाल प्रति प्रेम र सम्मान माया गर्ने सबै शुभचिन्तकहरु प्रति समर्पित गरेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal