परिचय
नेपालमा हाल मासु र अन्डाको लागि बट्टाइपालन व्यवसाय निजीस्तरमा काठमाडौं उपत्यका निकै लोकप्रिय हुँदै गएको छ । बट्टाइको वैज्ञानिक नाउँ Coturnix japonica हो । नेपालमा बट्टाई पालन को आरम्भ बालकोट, भरतपुर बाट भएको मानिन्छ । नेपालमा फोहोर, ब्रिटिस रेन्ज, इङलिस हाइट जातका बट्टाइ पालन गरिन्छ।
व्यवस्थापन
वयस्क चराको तौल १२०–३०० ग्राम हुन्छ । यो चरा करिब ४५–६० दिनको उमेरमा वयस्क हुन्छन् । बट्टाइको पोथी भालेभन्दा केहि ठूलो हुन्छ । प्रायः पोथीले ६–७ हप्ताको उमेरमा अन्डा पार्न सुरु गर्दछ । फुल बिहान पख पार्दछ । एउटा पोथीले एक वर्षमा २५०–३०० वटासम्म फुल पार्दछ । बट्टाइको फुल केही खैरो रङको, छिर्केमिर्के विभिन्न रङ्गका हुन्छन् । एउटा फुल करिब १० ग्राम तौलको हुन्छ । कोरल्नको लागि फुल उत्पादन गर्ने हो भने प्रति भाले दस पोथीको दरल भाले राख्नु पर्दछ । फुलबाट १५ दिनमा बच्चा कोरल्छ ।बट्टाइलाई कुखुरा जस्तै खोरमा थुनेर पालिन्छ । एक वर्गमिटर ठाउँमा करिब ५० वटा बट्टाइ पाल्न सकिन्छ । एउटा वयस्क बट्टाइले एक दिनमा २५ ग्राम जति दाना खान्छ । बट्टाइले एक दिनमा प्राय ५० मिलि लिटर जति पानी पिउँछ । हाल नेपालमा बट्टाइको लागि दाना उपलब्ध छैन, बट्टाइलाई कुखुराकै दाना दिएर पाल्न सकिन्छ । ब्रोइलर बट्टाइलाई करिब ४५ दिनको उमेरमा बिक्री गरिन्छ । बट्टाइलाई कुखुराको जस्तो रोगहरू लाग्दैन् ।“युवाहरुको बैकल्पिक समुह” नामक एक समुहले नेपाल मै लोप हुन लागेको बट्टाई चराको पालन तथा संरक्षण गर्दै आएको छ । हाल यस समुहले ६-७ समुहमा बट्टाई चराको पालन गर्दै आएको छ जसमा गृहिणिहरु र वृद्धवृद्धाहरुलाई समय बिताउन र आत्मनिर्भर बन्न सहज बनाएको छ ।समुहका प्रमूख रामजी लामिछानेका अनुसार यस चराको मासु वा अण्डा सेवन गर्नाले क्यान्सरको रोकथाम, टि.बी, दम, सुगर, एलर्जी, पत्थरी जस्ता रोगको औषधि, साथै नियमित सेवनले तौल सन्तुलन, स्मरण शक्ति बड्ने, हड्डी बलियो बनाउँने, प्रजनन शक्ति बढाउँने, कस्मेटिकको काम गर्ने काम गर्दछ । यो अण्डामा अन्य अण्डा भन्दा ३-४ गुणा पौष्टिक तत्व बढि हुने हुनाले अन्य अण्डा भन्दा बढि स्वादिलो हुन्छ । अनि कुखुराको अण्डा भन्दा सस्तो पनि पर्छ ।
सानो ठाउँमा धेरै बट्टाई पालन गर्न सकिने भएकोले गर्दा गृहिणिहरु र वृद्धवृद्धाहरुले राम्रो आम्दानी हात पार्न सफल भइ आत्मनिर्भर बनेका छन् । यसलाई ठूलो संख्यामा पाल्ने उदेश्यले अर्को फार्मको तयारी गरिदै छ, यस फार्ममा टर्की, फाईटर, लौकाट, ब्यान्टम, कोचिङ्ग, सिल्कि, पलिस पाइन्छ ।

