eNepal

नेपालमा कालो गोलभेडा खेतिको सुरुवात,मुटु रोगी र क्यान्सर रोगीको लागी खान उपयुक्त

नेपालमा अहिले कालो गोलभेडा खेतीको व्यावसायिक खेती सुरुवात गरिएको छ । यो टमाटर खानाले क्यान्सर ,मुटुको रोग निवारण हुने बिज्ञहरु बताउँछन। कृषि परियोजना टिकाथलीले लामो समयको परिक्षण पश्चात कालो टमाटरको खेती सुरुभएको हो ।

मध्याकार र गोलो च्याउ जस्तै देखिने कालो टमाटर नेपाली हावापानी सुहाँउदो र रोग संग लड्न सक्ने क्षमता धेरै रहेको कृषि विज्ञ पुष्कर आचार्य बताउनुहुन्छ ।

कालो टमाटरको बिकास रुस बाट भएको पाइन्छ । लाइकोपरसिकन एस्कुलेनम वा सोलानम लाइकोपरसिकन बैज्ञानिक नाम भएको कालो टमाटर ब्लाक क्रिमको नामले समेत परिचित छ ।

अरु टमाटर जस्तै यसमा फाइबर तथा भिटामिन ए र सि पाईन्छ ।, क्यान्सरबाट प्रतिरक्षा गर्ने तत्व यसमा रहेको बैज्ञानिकले पुष्टि गरिसकेका छन् ।, यसको नियमित प्रयोग गरे मूटु रोगबाट समेत बच्न सकिन्छ ।, यसमा गुलियो र नुनिलो स्वाद पाईन्छ ।

एक झुप्पामा आठ देखि बाह्र दाना फल लिन सकिने यसको बोट बाट १० केजि भन्दा बढि फल लिन सकिन्छ । चिसोमा भन्दा गर्मी समयमा यसको खेती उपयुक्त हुन्छ ।

यसको बोटको उचाई ६ फुट सम्म अग्लो र रोग प्रतिरोधात्मक क्षमता धेरै भएकोले यसमा खासै रोग किराको प्रकोपको डर हुँदैन ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal