नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग व्यास लिगको सिजन दशका लागि होबार्ट हुरिकेन्सको पक्षबाट खेल्ने भएका छन् ।
बिग ब्यासको सिजन आठमा मेलर्वन स्टारबाट डेब्यू गरेका सन्दिप लामिछाने अस्ट्रेलियन क्रिकेट समर्थकका बिच लोकप्रीय बनि सकेका छन्।
आगामी जनवरीबाट सुरु हुने बीबीएलका लागि होबर्ट हूरिकेन्ससँग सामेल हुन पाउँदा सम्मान महसुस गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् ।
सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् ।बीबीएल क्रिकेटको अघिल्लो दुई सत्रमा मेलबर्न स्टार्सबाट उनले खेलेका २० खेलमा १९.८० को औसतमा २६ विकेट लिएका थिए।

