eNepal

न्याभले बिभीन्न साँस्कृतिक कार्यक्रमका साथ दिपावली मनायो (भिडीयो सहित)

दिपावली तथा म्हपूजाको अवसरमा आईतबार नोभेम्बर १५ तारिख नेप्लीज एशोसियसन अफ् भिक्टोरियाले आफ्नो फेशबुक पेजको माध्यमबाट लाईभ् प्रसारण गरेको देउसीभैलो तथा शुभकामना कार्यक्रममा दशौं हजार दर्शकहरूले बडो उत्कृष्ट र चासोका साथ हेरिएको यस्तो लाईभ कार्यक्रममा ऐतिहासिक सफल हासिल गरेको छ । कार्यक्रम संचालिका सँस्थाकी महिला उपाध्यक्ष सुश्री ललिसा थापाले गरेकी थिईन । 

कार्यक्रममा सँस्थाका अध्यक्ष राम गुरूङको आसन ग्रहणबाट सुरू भई कार्यक्रमको उद्घाटन सँस्थाका उपाध्यक्ष प्रेमराज उप्रेतीले गर्नु भएको थियो भने कार्यक्रममा शुभकामना मन्तब्य सँस्थाका कोषाध्यक्ष डाक्टर याकिन्द्र तिमिल्सेनाले दिनुभएको थियो । कार्यक्रमको कोअर्डिनेटर सँस्थाकी सहसचिव तथा कल्चरल कोअर्डिनेटर सुश्री पुनम गुरूङले कार्यक्रमको बारेमा बिविध जानाकारी दिईन । 

कार्यक्रममा न्याभकी कल्चरल कोरियोग्राफी सुश्री जेनी गुरूङको नेतृत्वमा न्याभका कलाकारहरूले अति उत्कृष्ट साँस्कृतिक प्रस्तुतिहरू देखाएका थिए । कार्यक्रमहरू सबैजसो तिहारलाई मध्यनजर गरेर देखाईएको थियो । 

तिहारमा गरिने सबै सँस्कारहरूको झलक देखाएर नयाँ पुस्तालाई केन्द्रित गरि कसरी आफ्नो परम्परा र सँस्कार हस्तानतरण गर्न सकिन्छ भन्नेमा नै बढि जोड दिएर यस कार्यक्रम बनाईएको थियो । 

कोभिड १९ को महामारीको बिचमा पनि बिशेष खालको ब्यावस्था गरेर कार्यक्रम सम्पन्न गरिएको थियो । कोभिड १९ को कारणले न्याभका कार्यसमितिका पदाधिकारीहरू र कलाकारहरूको मात्र उपस्थतिमा कार्यक्रम सम्पन्न गरिएको थियो। 

कार्यक्रममा सँस्थाका अध्यक्ष राम गुरूङले कार्यक्रमको अन्त्यमा सँस्थाकी महिला उपाध्यक्ष सुश्री ललिसा थापा र कोषाध्यक्ष डा. यकिन्द्र तिमील्सेनाको सर्प्राईज जन्म दिवश पनि मनाई दिएका थिए । उहाँहरू दुबैजना बडो भावुक बनेका थिए । कार्यक्रम सोँचेभन्दा धेरै स्तरिय भएकोमा बिविध क्षेत्रबाट धेरै प्रशंसा र शुभकामनाका लहरहरू फेशबुकमा बगरेल्ती बर्सिएका थिए । कार्यक्रममा दशैं वक्तृत्वकलाका कोअर्डिनेटर कृष्ण चालिसेलाई वक्तृत्वकला अत्यधिक सफल बनाउनु भएकोमा वहाँलाई सम्मान गरिएको थियो भने सहभागी कलाकारहरूलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । निकट भबिष्यमा न्याभले एउटा ठुलै कार्यक्रम भब्यताकासाथ गर्ने योजना सँस्थाका अध्यक्ष राम गुरूङले जानाकारी दिए ।

भिडीयो हेर्नलाई तलको लिङ्क क्लिक गर्नु होला ⬇️⬇️

https://fb.watch/1PrMBciXYG/

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal