नेवारी समूदायमा म्हपूजालाई धुमधामका साथ मनाउने चलन रहेको छ। सँख्याको हिसाबले सिड्नी पछि दोश्रो ठूलो नेपालीको बढी मात्रामा घनत्व भएको शहर मेल्बोर्नमा पनि म्हपूजा हर्षोल्लासमयका साथ मनाइदै आएको छ।
यस वर्ष कोविड १९ प्रतिबन्धको बावजुद पनि आइन्ट्री रिजर्भमा सबै प्रतिबन्धीत नियमहरू पालना गर्दै आल्नो कलि संस्कृति संरक्षणका लागि म्हपूजा गरिएको थियो। सो पूजामा पुरुष, महिला र केटाकेटीहरू सबै नेवारी पोशाकमा सजिएका थिए। सानो समुहमा भेला भएर सांस्कृतिक पूजा गर्दै नेवारी खाना खाएर माहौललाई मनमोहक बनाइएको थियो। गत केही बर्षदेखि ठूलो समुदाय समूहमा भेला भएर म्हपूजालाई निरन्तरता दिन नसकिए पनि अर्को वर्ष धेरै समुदायका सदस्यहरू सँगै भेला भएर संस्कृतिको मज्जा लिन र संरक्षण गर्ने बर्षा केशी राज भण्डारीले बताउनु भयो।
नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यसअर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदरयूक्त याचना गर्नु हो। यस दिन आत्मतत्वलाई वोध गराउने अनि सजिवताको आभाष गराउने दिनका रुपमा म्हपूजालाई नेवारी समुदाएले बिशेष महत्वका साथ लिने गर्छन्।
शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप यस दिनमा अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाईने चलन चल्दै आएको छ।
अन्य वर्षहरुमा म्हपूजाकै दिन नेवार समुदायले नेपाल संवतको नयाँ वर्ष अर्थात् अर्थात न्हुदँया भिन्तुना नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने चलन हुन्थ्यो तर यस वर्ष भने म्हपूजाको भोली पल्ट अर्थात भाइटीकाका दिन गोवर्धन पूजा र न्हुदँया भिन्तुना पर्न गएको छ।







