ल्वाङ एउटा सदाबहार बासनादार वृक्ष हो यसको प्रयोग हामीले दिनहुँ विभिन्न मसला तथा अन्य बस्तुहरुमा गरिरहेको हुन्छु ।ल्वाङ्ग धेरै किसिमको मसला,आयुर्वेदिक औषधिहरुको लागी अत्याधिक प्रयोग हुने वस्तुमा पर्दछ । यसको प्रयोग मसला बनाउन विभिन्न आयुर्वेदिक औषधी बनाउन, मालिस (मसाज) तेल बनाउन र हर्वल पेष्ट दन्त मन्जन बनाउन यसको प्रयोग हुने गरेको छ । देशी वनभित्र सेड भएको ठाउँमा लगाउन सकिन्छ यो लहरे वाली भएकोले सानो रुख र झाडीदार बनस्पती भएको ठाउँमा यसको खेती उपयुक्त मानिन्छ । हाम्रो समुदायिक बनहरुमा यसको ब्यवसायिक खेती विस्तार गर्न सक्ने सम्भावना रहेको छ । ल्वाङको रुख प्राय: ८ मिटर देखी १२ मिटर अग्लो हुन्छ । यो बिस्तारै बढ्ने लामो आयु भएको मसाला बालीको रुख हो । ल्वाङ खेती समुन्द्र सतहबाट १५०० मिटरको उचाई भएको तराई भित्री मधेस र मध्य पहाडको भुभाग सम्ममा गर्न सकिन्छ । दोमट, रातो, कालो र मलिलो माटो राम्रो हुन्छ । तर बलौटे माटो यसको लागी त्यती राम्रो हुँदैन । बोट देखि बोटको दुरी ५×५,६×६ वा ७×७ मिटरको फरकमा रोप्नुपर्दछ ।विरुवा लगाएको ३-४ बर्षमा ल्वाङ फल्न शुरु गर्दछ । १० बर्ष पुगेको ल्वाङको विरुवाले १५-२० केजी ल्वाङ उत्पादन गर्दछ ।
लगाउने समयः- बैशाख देखि असार
उत्पादन हुने अवधिः-
विरुवा रोपेको ३-४ बर्ष पछिबाट निरन्तर १०० वर्ष भन्दा बढी समयसम्म
उत्पादनः-
यसबाट फल,तेल मसाला आदीको उत्पादन हुन्छ ।
विशेषताहरुः-
विभिन्न परिकारमा मसाल र औषधीमा प्रयोग हुने
उपयोगी भागः-
फल (दाना),पात डाठ
ब्यवसायिक उपयोगीता :-
मसला, तेल औषधी, दन्तमन्जन
बजार अवस्था :-
•यसको उत्पादन र आपूर्ति बजारको मागको तुलनामा अतिकम भएकोलेयसको बजार मूल्य अत्यन्त राम्रो र बजारमा अत्याधिक माग भएकोले बजार राम्रो छ !
ल्वाङ प्रति के.जी. रु. १०००-१६०० सम्ममा बजारमा बिक्री भईरहेको छ !

