eNepal

नेपालमा ब्लूबेरी खेतीको व्यावसायिक सम्भावना तथा ब्लुबेरीबारे सम्पुर्ण जानकारी लिनुहोस

ब्लूबेरी हिमालि पहाडी क्षेत्रमा खेती गर्न सकिन्छ । समुन्द्र सतहबाट १००० मिटर माथि यस्को खेती गर्न सकिन्छ । घाम लाग्ने पारिलो जग्गामा यस्को खेती गर्न सकिन्छ , ब्लूबेरीहरू तातो (पूर्ण सूर्य) मौसममा उत्तम फल दिन्छन् ।प्लस्टिक टनेलामा एस्को खेती गर्दा राम्रो हुन्छ ।

ब्लूबेरी खेतिको लागि माटो आवश्यकता:
ब्लूबेरी बालीलाई अत्याधिक अम्लीय, उर्वर, पानी नजम्ने खुकुलो माटो चाहिन्छ । उत्तम विकास र उत्पादनको लागि माटोको पी.एच. (pH ) ४.0 देखि ५ .५ चाहिन्छ । माटोमा सल्फरको थोरै मात्रा थपेमा माटोको पी.एच घटाउन सकिन्छ।
माटोको तयारी :
ब्लुबेरी खेती गर्दा माटोको सट्टा पिट्मस , सल्लाको बोक्रा र पात कुहाएको मल , सल्लाको काठको धुलो मिसाएर खेती गर्नु पर्छ ।

ब्लूबेरीका किसिमहरु:
ब्लूबेरी खेतीमा धेरै प्रजातिहरू (हाई बुश, लो बुश र हाइब्रिड )उपलब्ध छन्। निम्नलिखित ब्लूबेरीका सुधारिएका प्रजातिहरू छन्: ड्यूक, टोरो, च्यान्द्लर, चेन्टिकलर, ओनल, मिस्टी नेल्सन, लिगेसी, इलियट, एलिजाबेथ, एलेन, रेभिएल प्रिन्स, कोलम्बस प्रीमियर, क्लाइमेक्स, ब्राइट वेल, ब्लू क्रोप, ब्लू रे, ब्लू जे आदी ।

ब्लूबेरी रोपण:
ब्लुबेरी रोप्दा ३ फिटको दुरीमा रोप्नु पर्छ र चौडाइ सात फिटको दुरिमा रोप्नु पर्छ ! एक रोपनी मा २०० देखी ३०० बिरुवा रोप्न सकिन्छ । रोप्दा २ बर्से कलमी बिरुवा रोप्नु पर्छ । रोपेको एक बर्षमा फल दिन्छ ।

ब्लूबेरी खेतिमा बोट संरक्षण:
सामान्यतया, ब्लूबेरी बिरुवाहरू कीटहरू र रोगहरू प्रतिरोधी हुन्छन्। मुख्य समस्या यो हो कि यी बेरीहरू चराहरूको लागि मनपर्ने खाना हुन्, यसैले बगैंचामा बिरूवाहरूको वरिपरि जाल थप्नुहोस्। विशेष गरी यो फल फलेको समयमा आवश्यक छ।

ब्लूबेरी फार्मिंगमा सिँचाइ:
हप्तामा एक पटक वा माटोको अवस्था हेरेर ब्लूबेरी बिरुवाहरूलाई सिँचाइ गर्नुपर्छ। वर्षा पानी नलको पानी भन्दा उत्तम हुन्छ किनकि यो प्रकृतिमा अधिक क्षारीय हुन्छ। लामो सुख्खा मौसम अवस्थाहरूमा, यसलाई माटोमा ओस लगाउने क्षमतामा आधारित सिँचाइ चाहिन्छ।

उत्पादन र बजार :
ब्लूबेरी लगाएको १ बर्षमै उत्पादन दिन्छ । ब्लूबेरी २०-२५ बर्ष सम्म लगातर उत्पादन दिन्छ । एउटा बएस्क बोटले औसतमा ५ देखी ६ किलो फल दिन्छ । बिश्व बजारमा एस्को माग धेरै नै राम्रो छ । ताजा ब्लूबेरी नेपालको बजारमा होलसेलमा प्रती किलो रु ६,००० देखी रु ७,००० सम्म बिक्री भैइरहेको छ ।

ब्लुबेरी खेती लागत र आय (प्रती बोट) न्युनतम :
बर्ष उत्पादन खर्च आय
1- 300gm रु 4000 रु 1500
2- 1 kg रु 2000 रु 5000
3- 2 kg रु 2000 रु 10000
4 -3 kg रु 2000 रु 15000
5 -4 kg रु 2000 रु 20000
6- 5 kg रु 2000 रु 25000
7- 5 kg रु 2000 रु 25000
8- 5 kg रु 2000 रु 25000
9 -5 kg रु 2000 रु 25000
10 -5 kg रु 2000 रु 25000

एबम रितले २०-२५ बर्ष सम्म एस्ले फल दिन्छ
ब्लुबेरीका स्वास्थ्य लाभहरू:
-एन्टिऑक्सिडन्ट (Anti Oxidant) उत्कृष्ट स्रोत हो।
-क्यालोरी कम र पोषक तत्व उच्च छ।
-बुढेसकाल र क्यान्सरबाट बचाउन मद्दत गर्दछ।
-रगतमा कोलेस्ट्रोल बिग्रनबाट बचाउँछ।
-रक्तचाप कम गर्न सक्छ।
-कडा कसरत पछि मांसपेशी क्षति कम गर्न मद्दत गर्न सक्छ।
-एंटी-डायबेटिक प्रभाव हुन सक्छ।
-मूत्र पथ संक्रमणको विरूद्ध लड्न मद्दत गर्न सक्छ।
-हृदय रोगलाई रोक्न मद्दत गर्न सक्छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal