eNepal

ताज्मानियाको डेभनपोर्टमा रहेको नेपाली समुदायद्वारा महाविर पुनको संस्थालाई सहयोग

अष्ट्रेलियाको सुन्दर राज्य ताज्मानियाको उत्तर–पश्चिम भेगमा अवस्थित डेभनपोर्टमा नेपाली समुदायको पहलमा दशैँ र तिहारको उपलक्ष्यमा एक सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । छरिएर बसेका नेपालीहरुलाई एउटै छातामुनि ल्याउने उद्देश्य रहेको उक्त कार्यक्रमबाट संकलित रु २ लाख ७६ हजार रकम नेपाल स्थित प्रतिष्ठित संस्था ‘राष्ट्रिय आविश्कार केन्द्र´लाई हस्तान्तरण समेत गरिएको छ। 

राष्ट्रिय आविश्कार केन्द्रका प्रमुख महाविर पुनले समुदायलाई धन्यवाद दिँदै यो रकम कोरोना विरुद्धको अभियानमा खर्च गर्ने जानकारी फेसबुकमार्फत दिएका छन् । 

करिब ३ वर्ष अघिबाट नेपाली समुदायले औपचारिक रुपमा यस भेगमा बसोबास सुरु गरेका थिए । समाजका अगुवा सुभाष मिश्रका अनुसार अहिले करिब ३ सयको हाराहारीमा नेपाली समुदाय यस भेगमा बसोबास गर्ने र बढ्ने क्रम बढ्दो छ । मिश्रका अनुसार यस कार्यक्रममा करिब १६० जना सहभागी थिए जसमा करिब ३० जना स्थानिय  व्यक्तित्वहरुको सहभागीता थियो ।

कार्यक्रमका एक परिकल्पनाकार वासुदेव सापकोटाले कार्यक्रमको महत्व औल्यादैँ यो कार्यक्रम स्थानियहरुको विचमा गर्न पाउँदा नेपाली संस्कृति, परम्परा, भेषभुषा तथा परम्परागत खानेकुराको स्थानिय

तहमा परिचित गराउन सकिएको विचार राख्दछन् । करिब ४ घण्टा सञ्चालित कार्यक्रम पहिलो तर भव्य भएको थियो । ताज्मानियमाको उत्तरी भेगबाट समेत नेपालीहरु यस कार्यक्रमको लागि सहभागि भएका थिए । 

कार्यक्रम अग्रजहरुबाट टीका ग्रहण गरि शुरु गरिएको थियो । नेपाल जानकार स्थानिय व्यक्तित्व तथा काउन्सीलका सदस्यहरु समेत सहभागि यस कार्यक्रमले स्थानिय तहमा महत्वपूर्ण अर्थ राख्ने आँकलन गरिएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal