eNepal

अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिकतर्फका प्रत्यासी जो बाइडेनले निर्वाचनमा विजयी दिशातर्फ

एजेन्सी -अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिकतर्फका प्रत्यासी जो बाइडेनले निर्वाचनमा विजयी दिशातर्फ गइरहेको विश्वास रहेको बताएका छन् । अहिलेसम्म मतगणना भएका राज्यमध्ये बाइडेनले धेरै इलेक्टोरल भएका राज्य आफ्नो पक्षमा पारेका छन् । राष्ट्रपतिय निर्वाचनमा कुल ५ सय ३८ इलेक्टोरेलमध्ये २ सय ७० इलेक्टोरेल जसको पक्षमा आउँछ, उही निर्वाचित हुन्छ ।

पछिल्लो परिणामअनुसार बाइडेनको पक्षमा अहिलेसम्म २ सय १५ र ट्रम्पको पक्षमा १ सय ६५ इलेक्टोरेल मत छ । यद्यपी, रिपब्लिकन पार्टीको पकड रहेका धेरै राज्यमा मतपरिणाम सार्वजनिक हुन बाँकी नै छ । यस्तोमा, २९ इलेक्टोरल रहेको फ्लोरिडा राज्यको परिणाम ट्रम्पका लागि निर्णायक रहने अनुमान गरिएको छ । विश्लेषकहरु राष्ट्रपतिका रुपमा कायम रहिरहने संभावना जीवित राख्न उनले यस राज्यमा विजय हासिल गर्नैपर्ने बताइरहेका छन् । २०१६ मा ट्रम्पले फ्लोरिडा जितेका थिए ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal