eNepal

बिदेशबाट फर्किएर युवाले गर्न व्यावसायिक बट्टाई पालन लाखौको आम्दानी

टीकापुर- जानकी गाउँपालिका—३ का युवा बिन्तीराम चौधरी अहिले व्यावसायिक रुपमा बट्टाई चरा पालन गरिरहेका छन् ।

वैदेशिक रोजगारीबाट फर्केका बिन्तीराम घरमै व्यावसायिक रुपमा विभिन्नथरिका पंक्षीसँगै बट्टाईपालन गरिरहेका थिए।

बजारमा यसको मासु र अण्डाको माग निकै रहेकाले व्यावसायिकरुपमा बट्टाईपालन गरिरहेको उनले बताए । ‘‘पाँच वर्ष जापान बसेर फर्किएँ । अहिले स्वदेशमै केही गरौँ भनी बट्टाई पाल्न थालेको छु’’, उनी भन्छन् । बिन्तीरामको खोरमा ५०० वटा बट्टाई रहेका छन् ।

बट्टाईको मासु र अण्डामा प्रोटिनको मात्रा प्रशस्त पाइने भएकाले बिक्री गर्न समस्या नरहेको उनको भनाइ छ । सानो क्षेत्रफलमा पालन गर्न सकिने र रोगको प्रकोप देखा नपर्ने हुँदा सहजरुपमा पालन गर्न सकिने भएकाले बट्टाईपालन गर्न थालेको उनी बताउँछन् ।

‘‘चरा चिसो मौसममा बढी बिक्री हुने रहेछ । घरमै खानका लागि किन्नेहरु धेरै आउँछन्’’, बिन्तीराम भन्छन्, ‘‘बजारको चिन्ता छैन । जति पाले पनि बिक्री हुन्छ ।’’

बट्टाईपालनका लागि थोरै लगानीबाट शुरु गर्न सकिने र चरा डेढ महिनाको भएपछि निरन्तर आम्दानी गर्न सकिने भएकाले बट्टाईपालनमा लागेको अर्का युवा टीकापुर–१ का बलराम भगोरियाले बताए। ‘‘अण्डासँगै चल्लाको बजार राम्रो रहेको छ’’, भगोरियाले भने, ‘‘अहिले व्यावसायिकरुपमा पाल्न थालेको छु ।’’
एउटा बट्टाई रु। २०० मा र अण्डा प्रतिगोटा रु। १० मा बिक्री हुने गरेको छ । लम्की चुहाका रमेश चौधरीले गत वर्षबाट बट्टाईपालन शुरु गरेका हुन् । उनले यसबाट एक वर्षमा तीन लाख आम्दानी भएको बताए। ‘‘पालेको डेढ महिनादेखि बिक्री शुरु गरेँ, चल्ला किन्नेहरु धेरै आउँछन्’’, चौधरीले भने, ‘‘घरमै बसेर पाल्न सकिने हुँदा बट्टाईपालनसँगै खेतीपातीको काम समेत गरिरहेको छु ।’’

कृषिलाई पेशा बनाउन थालेका युवा स्थानीय सरकारले व्यावसायिकरुपमा कृषि, पशुपालन गर्नेलाई अनुदान, प्राविधिक ज्ञानजस्ता कुरामा सघाउन आवश्यक रहेको बताउँछन् ।

टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख तुल्सीराम सुवेदी किसानले माग गरे स्थानीय सरकारले यस किसिमका योजना ल्याउन सक्ने बताए ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal