नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९८१ जना कोरोना संक्रमित निको भएका छन् भने विगत २४ घन्टामा १ हजार ९ सय ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। बुधबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरमा थप २ हजार ९८१ जना कोरोना संक्रमित निको भएको जानकारी दिनुभयो। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।
बुधबार पीसीआर विधिबाट ८ हजार २४८ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म १४ लाख ९ हजार २९५ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन् ।

