eNepal

मेल्बर्नमा नेपाली समुदाएको दशैं घरमै सिमीत

नेपालीहरुको महान पर्व बडादशैँको दशौं दिन विजया दशमी सोमबार अस्ट्रेलीयाको मेल्बर्नका नेपालीले पनि मनाएका छन् । मेल्बर्नमा टिका थाप्ने साईत बिहान ९:४३ बजेको रहेको थियो। कोरोना महामारी अनि लकडाउनको कारण आफन्त र इष्टमित्रसंगको जमघट सम्भव नभएपछि प्राय सबैको दशैं आ-आफ्नो घरमै सिमित भएको छ ।  

शुभ साइत बिहान चाँडो परेका कारण अधिकांशले भने साइत शुरु भइसकेपछिको समयमा टीका लगाएका छन् । कतिले भने टीकाको लागि आफ्नो कामअनुसार अनुकुल पर्ने समय रोजेर टिका ग्रहण गरेका थिए।  

हरेक बर्ष अस्ट्रेलीयन नेप्लिज बहुसाँस्कृतीक केन्द्रले सामुहिक जमरा राख्ने र समुदायमा बितरण गर्दै आएकोमा यो बर्ष भने कोरोना माहामारीको कारण बितरण असम्भव भएपछि न्याभ र एनआरएनएको सँयुक्त प्रयासमा एएनएमसीले यस बर्ष भुर्चुअल माध्यमबाट पण्डितहरुलाई प्रत्यक्ष जूमबाट जोड्दै सामूहिक दुर्गा पूजा तथा जमरा आरती कार्यक्रम भएको थियो। अक्टोवर २० देखि अक्टोवर २५ सम्म संयम कालिन पूजा, आराधना र आरतीमा धेरैले अनलाईनबाटै सहभागीता जनाएका थिए।

बर्षेनी चाडबाढ पारेर आफ्नो जन्मथलो जाने क्रम पनि यो बर्ष कोरोनाको कारण सम्भव हुन सकेन।केहीले भने मनको बह पोख्नै भए पनि पार्कमा बार्वेक्यु गरेर रमाईलो गर्दै टिका लगाएको पनि देखियो। 

सामाजिक सन्जाल प्राय खसीका मासुका परिकार अनि तास खेल्दै गरेका फोटोले भरिएका थिए भने यो बर्ष नेपालमा जत्तिकै खसी व्यापारले प्राथमिकता पाएको थियो। फेसबुकमा सिङ्गो खसी, छाला भएको र नभएको खसी, भुटन सहित यति र उती भनेर व्यापार गर्नेहरु प्रसस्तै देखिए। लाग्थ्यो कि बर्ष भरिको लागि जोहो यहि खसी बेचेरै गर्दैछन्। त्यस्तै रक्सी र तासबाट धेरैले मज्जा लिई रहेको फेसबुकमा अपलोड गरिएको तस्बीरबाट प्रस्टै हुन्थ्यो। 

एकातिर रमाईलो त छँदै छ अर्का तिर रमाईलो गर्ने बहानामा हाम्रा दोश्रो पुस्ताले चाडबाढ भनेका मासु र तासनै हुन् कि भन्ने सोच्लान कि भन्ने डरपनि कताकता रहेको धारणा सामाजीक सन्जालमा पोखिएका थिए। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal