eNepal

अष्ट्रेलियन नेपाली बहुसाँस्कृतिक केन्द्रको दुई बर्षको कार्यसमितिको नेतृत्व राजेश आचार्यले गर्ने

भिक्टोरियाबासी नेपालीले गर्वका साथ नेपाली सामुदायिक केन्द्र बनाउन खडा गरेको संस्था अष्ट्रेलियन नेपाली बहुसाँस्कृतिक केन्द्रको अब दुई बर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। 

निर्वाचन आयोगका प्रमुख श्री प्रसाद पन्तका अनुसार अध्यक्षमा राजेश आचार्य, उपाध्यक्षमा महेन्द्र कार्की, महिला उपाध्यक्षमा निरु त्रिपाठी, सचिवमा नारायण प्रसाद काफ्ले, सह-सचिवमा गणेश अधिकारी, कोषाध्यक्षमा अर्जुन ढकाल, सह-कोषाध्यक्षमा बद्री पन्त, सदस्यहरुमा अनन्त पौडेल, दर्शना श्रेष्ठ, दिक्पालदेव पंगेनी, कल्पना ज्ञवाली, सोम प्रसाद गुरुङ्ग र डा. तिलक पोखरेल सर्वसम्मत चयन भएका हुन्।

बिभिन्न कारण स्थगित रहेको अष्ट्रेलियन नेपाली बहुसाँस्कृतिक केन्द्रको बार्षिक साधारणसभा यहि नोभेम्बर ८ तारिखका दिन भर्चुअल माध्यमबाट गरिने भएको छ। त्यसैगरि बार्षिक साधारणसभाको अघिल्लो दिन नोभेम्वर ७ तारिखका दिन अनलाईन माध्यम बाट नयाँ कार्यसमितिको चयन गरिने जनाए पनि सबै पद सर्वसम्मत भए पछि आगामी ८ नोभेम्बरकै दिन नयाँ कार्यसमितीले सपथग्रहण गर्ने कार्यक्रम रहेको छ। नोभेम्बर ८ तारिख बिहान ११:०० बजे बाट शुरूहुने सो बार्षिक साधारण सभामा सबै सदस्यहरुको उपस्थितिको लागि सचिव नारायण काफ्ले ले ई- नेपाल मार्फत समेत हार्दिक अनुरोध समेत गर्नु भएको छ । 

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा नेपाली कला, संस्कृतिको प्रबर्द्धन गर्ने उदेश्यले गठन गरिएको यस अष्ट्रेलियन नेपाली बहुसाँस्कृतिक केन्द्र भिक्टोरियामा पशुपतिनाथ मन्दिर र बौध्द गुम्बासहितको बहुसांस्कृतिक केन्द्र बनाउन मेलवर्न को उत्तर पश्चिमी भेग डिगर्स रेस्ट भन्ने ठाऊँमा १५ एकड (करिब ६०,७०० बर्ग मिटर  वा १२० रोपना बराबर) जग्गा खरिद गरि सकिएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal