स्वच्छ र सुरक्षित खाना शरीर स्वस्थ राख्नको लागि नभई नहुने कुरा हो । सुरक्षित खाना र स्वस्थ आहार बिहारले औषधी समान काम गर्छ । यसले शरीरलाई आबश्यक शक्ति प्रदान गर्नुका साथै शरीरलाई रोग लाग्नबाट पनि बचाउछ । विभिन्न खानेकुरामा पाइने लाभदायक तत्वहरूले विभिन्न रोग प्रतिरोधात्मक शक्ति पनि प्रदान गर्दछन । तर अस्वस्थकर र असुरक्षित खानाले हामीलाई बिरामी बनाउने र मृत्युको मुखमा धकेल्ने काम पनि गर्दछ । हाल विश्वमा करिब ४ लाख मानिसहरू यस्तै दूषित तथा अवस्थकर खानाको सेवनबाट मृत्यु हुने गरेको छ जसमा एक तिहाई त ५ वर्ष मुनिको बालबालिका हुने गरेका छन ।
हाल कोरोना भाइरस जस्तो विश्वब्यापी महामारी चलिरहेको अवस्थामा स्वच्छ, सुरक्षित र पोषणयुक्त खानाको महत्व अझै बढेको छ । यसबेला खानामा के कस्ता चिजबस्तु सामाबेश गर्ने र स्थानीय स्तरमा नै उपलब्ध हुने पदार्थबाट स्वच्छ, सुरक्षित र पोषणयुक्त खानेकुरा कसरी तयार पार्ने भन्ने सम्बन्धमा यस बिषयका बिज्ञहरुबाट जानकारी उपलब्ध गराउने र स्वच्छ, सुरक्षित र पोषणयुक्त खानाबारे जनचेतनामूलक कार्यक्रमद्वारा जनस्वास्थ्यमा थोरै भए पनि सुधार ल्याउने उद्देश्यले अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने नेपालीहरूको सबैभन्दा पुरानो संस्था नेप्लिज एसोसियसन अफ भिक्टोरीया (न्याभ)ले यही अक्टूबर ३१ (२०७७ साल कार्तिक १५ गते) शनिबारका दिन मेलबर्नको समय अनुसार दिउसो ४ बजे (नेपाली समय बिहानको १०:४५ बजे) देखि करिब ९० मिनेटको कार्यक्रम आयोजना गर्दैछ । सो कार्यक्रममा सहभागी हुनको लागि तलको Zoom लिंक प्रयोग गर्नु होला ।
https://us02web.zoom.us/j/87904174331?pwd=ZnQyREZJNFVrK3k4LzMyemNpWGpFZz09
Meeting ID: 879 0417 4331
Passcode: 545010
सो कार्यक्रममा खाद्य बैज्ञानिकहरू डा.एकिन्द्र तिमिल्सेना, डा. फिलीप बटन र श्रुती शर्माले बिषयबस्तुबारे जानकारी दिनु हुनेछ भने तपाईका जिज्ञासा र प्रश्नहरूको पनि उत्तर दिनु हुनेछ । सो कार्यक्रममा कोभीड महामारीको बेलामा खाद्यपदार्थ किनमेल गर्दा अपनाउनुपर्ने साबधानीको बारेमा पनि प्रस्तुति रहने कुरा न्याभका बर्तमान अध्यक्ष राम गुरुङले जानकारी दिनुभयो । यो कार्यक्रमको संयोजन न्याभका बर्तमान कोषाध्यक्ष डा. एकिन्द्र तिमिल्सेनाले गर्नु भएको छ ।

