आजदेखी मेल्बर्न लकडाउनबाट बाहिर आएको छ साथै ब्यक्ति प्रतिबन्धमा व्यापक परिवर्तन भएको छ। लगभग ११० दिनको लामो लकडाउन पछि मेल्बर्नका मानिसले मंगलबार मध्यरात्रिबाट केही हदसम्म राहत पाउने भएको छन्। भिक्टोरीया राज्यमा सोमबार र मंगलबार शून्य कोरोनाभाइरसका घटनाहरू रेकर्ड गरेको पछि थप खुकुलो पारिएको प्रिमिएर डानियल एन्ड्र्यूजले यो जानकारी गराएका हुन्।
बुधबारबाट लागु हुने गरी घर छोड्ने चार निर्दिष्ट कारणहरू हटाइएको छ।
मानिसहरूलाई अर्को घरमा जाने अनुमति दिइएको छ, तर दिनको दुई भन्दा बढी वयस्कहरू, उनीहरूको आश्रितहरूमा सीमित रहेको छ।
सबै खुद्रा स्टोरहरूलाई फेरि खोल्न अनुमति दिइएको छ।
सौन्दर्य, व्यक्तिगत सेवाहरू र ट्याटु पार्लरहरू खोलीएको छ तर ग्राहकहरूले मास्क लगाउन अनिबार्य रहेको छ।
बार, पब, रेस्टुरेन्ट र क्याफेहरू जुन टेकवे मात्रका लागि सञ्चालन भइरहेको छ, बुधवारदेखि सिट ग्राहकहरूले बसेरै सुबीधा लिन पाउने छन् तर संरक्षकको संख्यामा कडा सीमा लागू गरिनेछ।
कार्यक्रम स्थल भर एक समयमा अधिकतम २० इनडोर संरक्षक र एक घरको भित्र स्पेस मा अधिकतम १० व्यक्तिलाई सेवा गर्न अनुमति दिइएको छ।आउटडोरमा भने प्रति स्थान ५० व्यक्तिमा सीमित हुनेछ।
घनत्व सीमा दुवै इनडोर र आउटडोर स्थलहरूको लागि सञ्चालन हुनेछ भने स्थलहरू कोभीड सुरक्षित योजना अनुसार हुनुपर्नेछ र ग्राहकहरूको विवरण लिन आवश्यक रहने छ।
१० भन्दा बढी व्यक्तिको लागि र एक विश्वास नेतालाई इनडोर धार्मिक जमघटको लागि भेला गर्न अनुमति दिइएको छ भने , २० भन्दा बढी व्यक्तिको साथमा र एक विश्वास नेतालाई बाहिर जमघटको अनुमति दिइएको छ।
विवाहको लागि १० जनासम्म जान अनुमति दिइएको छ भने बाहिरी अन्त्येष्टिमा २० जनासम्म जम्मा गर्न दिइएको छ।
नोभेम्बर ९ बाट थप परिबर्तनहरु हुनेछन्।

