भिक्टोरियामा कोविड- १९ का प्रतिबन्धहरूमा मङलबार रातीबाट लागु हुने गरी थप खुकुलो बनाइएको छ जस अन्तर्गत एकै परिवारका दुई जना र उनीहरुका डिपेन्डेन्टले २५ किमीको दायरामा अर्को कुनै परिवारको घरमा भ्रमण गर्न सक्नेछन्। तर यस्ता भ्रमणमा मानिसहरू अरूको घरमा कति समय सम्म रहन सक्नेछन् भन्ने बारेमा केही बताइएको छैन ।
त्यस्तै घरधनीहरुलाई आफ्नो घरमा कसले कहिले भ्रमण गरेको हो यसको तथ्यांक राख्न समेत भनिएको छ ताकि भविष्यमा कुनै संक्रमण देखिएमा ट्रेसिङ गर्न सजिलो हुने छ ।
भिक्टोरियामा लामो समय पछि लगातार दुई दिन कोरोना सङ्क्रमणका कुनै पनि घटना रेकर्ड भएका छैनन् ।
महीनौ देखि बन्द भएका खुद्रा व्यापार एवम् ब्युटी पार्लर जस्ता सौन्दर्य सम्बन्धी सेवाहरू सञ्चालन आउने छन् भने रेस्टुरेन्ट र क्याफेमा बसेर सेवा लिन पाउने छन्। तर सामाजिक दुरी भने पालना गर्नु पर्ने छ।
मेलबर्नमा पछिल्लो १४ दिनको दैनिक संक्रमणदर २ दशमलव ८ मा झरेको छ भने ११ देखि २४ अक्टोबरका बिच जम्मा ६ वटा श्रोत फेला नपरेका सङ्क्रमण देखिएका छन् ।

