eNepal

इन्साले मानसिक स्वास्थ्य सम्बन्धी “Unashamed Conversations” प्रोजेक्ट शुरु गर्दै

अन्तर्राष्ट्रिय नेपाली विद्यार्थी संघ (INSA) ले मानसिक स्वास्थ्य सम्बन्धी आफ्नो पाइलट प्रोजेक्ट “Unashamed Conversations” “लाज नमानी कुराकानी गरौ” को शुभारम्भ गरेको छ। यस परियोजनाको प्रमुख उद्देश्य मानसिक स्वास्थ्य अवस्था, संघर्ष र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीहरूको स्वास्थ्याभको कथाहरू साझा गर्नु हो। 

यदि कुनै पनि नेपाली विद्यार्थीहरू आफ्नो कथा साझेदारी गर्न इच्छुक हुनुहुन्छ भने तल दिएको फारम भर्न सक्नु हुनेछ।

https://docs.google.com/forms/d/e/1FAIpQLSflk4JmX1SPSYEI7FXQzm1cGnyA6QQ6V3ecZmvlP7_–un8iQ/viewform?fbclid=IwAR1ygRw9d3-M8dXKyMy3rIDE39BaVckTByTqRCbtnlToGKf0rg1r0BDNmVc

यस फारममा संकलित निजी र गोप्य जानकारी सुरक्षित गरिने र यस बिशेष परियोजनाको लागि मात्र प्रयोग गरिनेछ। कानूनी प्रक्रिया आवश्यक नभएसम्म प्राप्त जानकारीलाई सहमति बिना साझेदारी नगर्ने समेत इन्साले जनाएको छ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर मानसिक स्वास्थ्य सम्बन्धी मुद्दाहरु खेपी रहेको वा पार गरी सकेका नेपाली विद्यार्थीहरूको कथा अघी ल्याउनु यस प्रोजेक्टको मुख्य उदेश्य रहेको छ। यस परियोजनाले मानसीक स्वास्थ्यका मुद्दा झेली रहेकाहरुलाई  प्रोत्साहित गर्ने र उस्तै परिस्थितिको सामना गरिरहेकालाई सहयोगी हुने बताउनु हुन्छ ईन्साका सहअध्यक्ष गौरव गुरुङ!!

ईन्सा एक नाफा रहित संस्था हो जुन न्युसाउथवेल्स फेयर ट्रेड अन्तर्गत यसै बर्ष दर्ता भएको हो। अष्ट्रेलियामा रहेका नेपाली युवाहरूलाई सशक्त पार्दै नेतृत्वको मानसिकता निर्माण गर्न सहयोग पुर्‍याउनुका साथै अष्ट्रेलियामा रहेका प्रवासी नेपाली विद्यार्थीहरुको भलाइका लागि वकालत गर्नु यस सँस्थाको मुख्य उदेश्य रहेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal