eNepal

क्रेगीवन नेपाली समाजद्वारा काउन्सिल चुनावमा नेपाली समुदाएको भुमीका सम्बन्धित अन्तर्क्रिया सम्पन्न

भिक्टोरीयामा लोकल काउन्सिलको चुनाबको  गर्मि बढिरहेको बेला गत हप्ता क्रेगीबन नेपाली समाजले ह्युम सिटी काउन्सिलको चुनाबको सिलसिलामा उमेद्बारहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपाली समुदायको सबैभन्दा बढी लगानी रहेको ह्युम सिटी काउन्सिल हो, जहाँ नेपाली सामुदायिक भवन निर्माणको लागि जग्गा खरिद गरि सकिएको छ। 

आगामी दिनहरुमा भवन भित्र पूजा गर्ने देखि भवन बनाउने लगाएत विभिन्न परमिट काउन्सिलबाट पास गर्नु पर्ने देखिन्छ। यसका साथै केर्गीबन नेपाली समाजले भोग्दै आएका समस्याहरु उक्त अन्तर्क्रिया कार्यक्रममा राखिएको थियो। नेपालि भाषा कक्षा अहिले सम्म ह्युम लाइब्रेरी क्रेगीबनमा चली रहेको र आउने बर्ष २०२१ को लागि दर्ता भएका बिथार्थीको संख्या ८१ रहेको छ जसको लागि १ ठाउँ मात्र पर्याप्त नहुने, खेलकुदको लागि मैदानको समस्या र अन्य सार्बजनीक चासोका बिषयहरु उक्त भर्चुअल कार्यक्रममा उठेका थिए। 

यिनै समसामयिक बिषय र समुदाएको चासोलाइ देखाउदै, आगामी दिनमा नेपाली समुदायको बड्दो उपस्थितिले ह्युम सिटी काउन्सिलमा महत्वपूर्ण  प्रभाव पर्न सक्ने कुरा नेपाली समुदायका अग्रजहरुबाट उठाइएको थियो।  सहभागी उमेदवारहरुले आ -आफ्ना भनाइ राख्नुका साथै सहभागीहरुबाट सोधिएका विभिन्न प्रश्नहरुका जबाफ दिनु भएको थियो।  

बिशेष गरि नेपाली समुदाय अस्थाई रुपमै बसोबास गक्ने क्रम बढ्दै गएको र आफ्नो छुच्टै पहिचान र परिचय बोक्दै सबैसँग सहकार्य गर्दै तिब्र गतिमा अगाडि बढिरहेका छौ भन्ने सन्देश दिनलाई यो कार्यक्रम गरिएको क्रेगीबन नेपाली समाजका बर्तमान  अध्यक्ष  माधव पौडेलले जानकारी गराउनु भयो।उक्त कार्यक्रममा क्रेगीबन समाजका कार्य समिति सदस्यहरु , सल्लाहकारहरु  र नेपाली कम्म्युनिटिका अग्रजहरु डा. राजु अधिकारी र बम योञ्जनले पनि सहभागी जनाउनु भएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal