eNepal

शनिबार थप २२२५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा  थप २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको जानकारी दिए ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ । त्यस्तै २४ घण्टामा २८४६ जना कोरोना संक्रमणबाट डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ८ हजार ३३४ संख्या पुगेको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ४  सय ५९ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा  ५ हजार ९  सय २१, प्रदेश २ मा १ हजार २ सय ७८, लुम्बिनी प्रदेशमा  ३ हजार ८ सय ४२, सुदूरपश्चिम प्रदेशमा १ हजार ५७, गण्डकी प्रदेशमा १हजार ४६० र कर्णाली प्रदेशमा ८५६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal