eNepal

सुदुर पश्चिम नेपाली समाज भिक्टोरीयाले भर्चअल माध्यमबाट चाडपर्व शुभकामना आदानप्रदान गर्दै

अस्ट्रेलीयाको भिक्टोरीया राज्यमा बसोबास गर्ने सुदुर पश्चिमेली नेपालीहरुलाई एकिकृत गर्ने हेतुले खोलीएको सुदुर पश्चिम नेपाली समाज भिक्टोरीयाले नजिकीदै गरेको बडादशैं, शुभ दीपावली, म्हपूजा र छठ पर्वलाई लक्ष्क्षित गर्दै भर्चुअल माध्यमबाट शुभकामना आदनप्रदान गर्न बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ। हाल बिश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न राज्यले नै एक अर्कासंग भेटघाट कम गर्न  र सामाजिक दुरी कायम राख्न प्रोत्साहन गरिरहेको अवस्थामा हाम्रा घरदैलोमा नेपालीहरुका महत्वपूर्ण पर्वहरु बडादशैं, दीपावली, म्हपूजा र छठ पर्वको आगमन भैरहेको र यो बिषम् परिस्थितामा पनि एकअर्का सँग भेटघाट नभएको परिस्थितीमा टाढा भएर पनि संगै भएको आभाष गराउने हेतुले सो कार्यक्रम आयोजना गर्न लागिएको आयोजक सुदुर पश्चिम नेपाली समाज भिक्टोरीयाका अध्यक्ष महादेव धानुकले जानकारी गराउनु भयो।

यहि २३ अक्टुबर शुक्रवारको दिन नेपाली समय अनुसार बिहानको ११:४५ बजे र मेल्बर्न समय अनुसार साँझ ५:०० बजे हुने यस बिशेष कार्यक्रममा सहभागीता जनाउन तल दिएको लिङ्कमा गएर आफ्नो उपस्थिती जनाई शुभकामना साटासाट गर्न सक्नु हुनेछ। उक्त संस्थाले बर्षेनी गर्दै आईरहेको विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि यो वर्ष भर्चुअल माध्यमबाट निरन्तरता दिने जनाएको छ।

Join Zoom Meeting

https://zoom.us/j/92714621692?pwd=SURGdWx0Rmtqck1oVWVFaGtCRU11QT09

Meeting ID: 927 1462 1692

Passcode: 884043

सुदुर पश्चिमली नेपाली समाजले गर्यो कंचनपुर जिल्लामा राहत बितरण

सुदूरपश्चिमेली नेपाली समाजहरुको साझा अभियान अन्तर्गत विश्व भरिमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका लागि नेपालमा प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा लगायत विभिन्न परोपकारी कार्यको लागी स्थापना गरिएको “सुदूरपश्चिमेली आपतकालीन राहतकोष” मार्फत सुदूरपश्चिमेली नेपाली समाजहरु द्वारा कंचनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नं.१ का ३० र वडा नं. २ का ३१ जम्मा गरि ६१ अति विपन्न परिवारहरुलाई अति आवश्यक खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको छ। 


केहि हद सम्म मल्हम लगाउने उद्देश्यले सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेत बहादुर थापा, नेपाल समन्वय समिति सदस्य धुर्व बहादुर मल्ल, पूर्व दक्षिण एशिया संयोजक ज्ञानेन्द्र सिंह, सुदूर पश्चिमेली नेपाली समाज भारत अध्यक्ष दिपक प्रकाश मल्ल, कृष्णपुर नगरपालिका वडा नं.१ का अध्यक्ष मोहन बस्नेत तथा स्थानीयवासी र वडा नं. २ का अध्यक्ष श्री जय नारायण जोशी ज्यु तथा स्थानीयवासीहरूको उपस्थितिमा राहत सामग्रीहरु पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो। 

यस परोपकारी कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्ण राष्ट्रिय समाज, कार्यकारी समिति पदाधिकारी ज्यु तथा सम्पूर्ण सहयोगी हातहरुलाई तथा सुदूरपश्चिमेली नेपाली समाज कतारका संस्थापक सल्लाहकार महेश जोशीलाई विशेष हार्दिक धन्यवाद दिदै सो अभियानलाई निरन्तर जारी राख्ने सुदुर पश्चिम नेपाली समाज भिक्टोरीयाले जनाएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal