eNepal

डकुमेन्ट्री ”नेपालको पहिलो महिला धिमे तथा नौ बाजा बादक-इन्दिरा लाछिमस्यु” को बिमोचन समारोह सम्पन्न

मेल्बोर्न निवासी मुक्तककार, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ओसेनिया सम्योजक तथा रोयल वेस्टर्न क्लबका सचिव सुशील चालिसे द्वारा प्रस्तुत गरिएको पहिलो धिमे एबं नौबाजा बजाउने महिला इन्दिरा लाछिमस्युको जीवनीमा आधारित वृत्तचित्र कोरोनाका कारण जुमको माध्यमबाट घटस्थापनाको दिनको शुभ साइतमा संस्कृतिविद् एबं वरिष्ठ साहित्यकार तेजेश्वर बाबु ग्वंगको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ । वृत्तचित्रलाई सार्वजनिक गर्दै मन्तब्य दिने क्रममा ग्वंगले भक्तपुरका महत्वपूर्ण बिभिन्न सांस्कृतिक वैभवलाई यसरी विस्व सामू पुर्याउन आ-आफ्नो किसिमले भूमिका निर्बाह गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

नेपाली उद्यमी, गैर आवासीय नेपाली सङ्गठनको अन्तर्राष्ट्रिय समन्वय परिषदका भूतपूर्व अध्यक्ष एबं अन्तरराष्ट्रिय नेपाली कलाकार समाजका विस्व सल्लाहकार जीवा लामिछानेले हाम्रा लोकवाजा, लोकगीत, नृत्य हाम्रो सांस्कृतिक धरोहर भएकोले हाम्रो सांस्कृतिक परंपराको नासो धिमे र नौवाजा आफूले सिकेर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभियानमा लाग्ने इन्दिरा लाछिमस्युको जति प्रसंशा गरे पनि कम हुने बताए । लामिछानेले भावनामा आएर गरिएका काम दिगो हुन नसक्ने बताउँदै नृत्य र वाजाको परंपरालाई समयानुकूल ब्याबसायिकिकरण गर्न सकियो भने मात्रै यस्ले स्ठायित्व पाउने भएकोले विस्वका ८० भन्दा बढी मुलुकमा फैलिएको गैर आवासीय नेपाली सङ्गठन यो कार्यमा सहयोगी बन्न सक्ने धारणा ब्यक्त गरे ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तरराष्ट्रिय नेपाली कलाकार समाजका विस्व सल्लाहकार रामकुमार श्रेष्ठले सांस्क्रितिक  बिबिधताका आधारमा विस्वकै धनी देश नेपालमा नेवार समुदायको सांस्कृतिक परंपरा, रीति रिवाज अत्यन्तै बैभवशाली मानिने बताउँदै देशभर कूल १३ लाखको हाराहारीमा नेवारको जनसंख्या रहेकोमा करीब ६ लाख काठमाण्डौ उपत्यकामा भएका नेवार समुदायले नै मूलत: नेवारी  भाषा र संस्कृतिलाई जोगाइराख्न महत्वपूर्ण भूमिका निर्बाह गरिराखेको मानिनेमा हाल उपत्यका बाहिर पनि नयाँँ पुस्ता यो कार्यमा सकृय हुन थालेकोमा खुशी ब्यक्त गरे । श्रेष्ठले ‘धिमे बाजा’ महिलाले बजाउन त के छुन पनि नहुने भन्ने मान्यताका बाबजुद बिभिन्न समस्या र ब्यबधान सामना गर्दै अत्यन्तै संघर्षपूर्ण तवरले नयाँ पुस्ताका युवतीहरुले आधिकारिक रुपमै बजाउने बातावरण तय गर्नु हुने इन्दिरा लाछिमस्यु प्रेरणाको श्रोत भएको र यस्ता प्रेरणादायी लुकेको प्रतिभालाई डकुमेण्ट्रीको माध्यमबाट धेरैको सामु ल्याउन गरिएको यो प्रयास आँफैमा अर्को प्रसंसनिय काम भएको बताए ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यका अबैतनिक महाबाणिज्य दूत चन्द्र योञ्जनले नेपाल महिला सशक्तिकरणको बाटोमा गैराखेको बेलामा नयाँ आयाम थपिदिने काम भन्दै इन्दिरा लाछिमस्युको कामप्रति खुशी ब्यक्त गरे ।

कार्यक्रममा बरिस्ठ गीतकार तथा मुक्तककार सुबासचन्द्र ढुङेल, साहित्यकार ध्रुब मधुकर्मी, अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगका वारवन साउथ वेष्ट क्षेत्रका क्षेत्रिय सल्लाहकार ज्ञानेन्द्र उप्रेती, ग्रेटर जिलोङ नेपालीज कम्युनिटीका अध्यक्ष डा सन्तोष पाण्डे, दिदीबहिनी समाज भिक्टोरियाकी अध्यक्ष जमुना पराजुली र वरिष्ठ बैज्ञानिक डा राजु अधिकारी आदिको पनि उपस्थिति थियो ।  

मोर्डन स्कूल एबं कलेजका संस्थापक प्रधानाध्यापक बाबुकाजी कसपालको स्वागत मन्तब्य र भक्तपुर सांगितिक समाजका अध्यक्ष प्रविण शाहीको अध्यक्षतामा सन्चालित कार्यक्रममा दुबैले मन्तब्य दिने क्रममा अस्ट्रेलिया निवासी सुशील चालिसेले बिदेशमा बसेर पनि यसरी वृत्तचित्र बनाएर नेपालप्रति देखाएको माटोको मायाको मुक्त कण्ठले प्रसंशा गरे । भक्तपुर सांगितिक समाज आयोजक र मोर्डन स्कूल/कलेज सह आयोजक भएको कार्यक्रमको सन्चालन शशी कसपाल र बसन्त पराजुलीद्धारा गरिएको थियो ।

Documentary: INDIRA LACHHIMASYU_The first woman Dhime & Nau Baja player of Nepal_इन्दिरा लाछिमस्यु ।

https://www.youtube.com/watch?v=HcbkYit18nESushil Chalise presents the short documentary video of ''Indira Lachhimasyu, The first woman Dhime & Nau Baja player of Nepal''. This documentary focuses on the journey of Indira Lachhimasyu to pursue her goals in traditional music. This short documentary tries to highlights her struggles, obstacles, ups and downs and achievements as the first Dhime & Nau Baja player.A short Documentary: Indira Lachhimasyu, the first woman Dhime & Nau Baja player of Nepal.

Posted by Sashakta Kaspal on Saturday, October 17, 2020

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal