नेपालीहरुको महान् चाड वढा दशैको अबसर पारेर मेल्बोर्नको नेपअस क्रियु र बाबा फिल्मले दशै विशेष गीतको कभर भिडीयो ल्याएको छ।
बाबा फिल्म्सको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको नेपाली चलचित्र मुग्लानको लोकप्रिय गीत ‘दशैं आयो’’बोलको गीतको कभर भिडियो हो।
सायद श्रेष्ठले कोरियोग्राफी गरेका उक्त भिडीयोमा सायद श्रेष्ठ, रचना श्रेष्ठ, किरण कुँवर मगर, सिमरन कौर र सृष्टि श्रेष्ठले नृत्य गरेका छन्।भिडियोको निर्देशन तथा सम्पादन भने संजय सेन्चुरीले गरेका हुन्।

