eNepal

ड्रागन फल के हो, नेपालमा यस्को खेती गर्नको लागी सम्भावना कस्तो छ जानुहोस

यो ड्रागन अर्थात सिउँडी प्रजातीको फल हो । यसको उत्पत्ती उत्तरअमेरिकाको मेक्सीकोमा भएको पाईन्छ । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ ।

प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । नेपाली बजारमा १ हजार रुपैयाँ केजीसम्म यो फल विक्री भइरहेको छ। ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।

यो खेती तराईदेखी उच्च पहाडी जमिन सम्म गर्न सकिन्छ । कारीब समुन्द्री सतह देखी २००० मिटर सम्म यसको खेती गर्न सकिन्छ । यस खेतिको लागी पानी आवश्यक नपर्ने हुँदा धेरै सुक्खा ठाउँहरुमा पनि यसलाईइ मज्जाले फलाउन सकिन्छ ।
यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ । यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ ।यसको मुन्टाको गजबको तरकारी बन्छ । फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठदेखि असोज-कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ ।

यो बिरुवा एकचोटी लगाए पछी केहि बर्षा पछी एउटै बिरुवा बाट दशौ बिरुवा निकाल्न सकिन्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal