eNepal

दिदीबहिनी समाज भिक्टोरीयाले आठ हप्ते भुर्चुअल योग सिवीर सन्चालन गर्दै

दिदीबहिनी समाज भिक्टोरीयाद्वारा कोभिड १९ ले आक्रान्त भएका बिशेष गरेर अन्तररास्ट्रिय बिधार्थी भाईबहिनीहरुलाई लक्ष्क्षित गर्दै आठ हप्ते भर्चुअल योग शिवीर सन्चालन गर्ने भएको छ। १५ अक्टुबरबाट हरेक बिहाबार साँझ ६ बजे देखी ७ बजेसम्म आठ हप्ताको लागि भर्चुअल माध्यमबाट हुने शिवीरलाई योग गुरु मधुसुदन भेटुवालले सँचालन गर्नु हुनेछ।यसको संयोजन भने युनिभर्सल योगा भिक्टोरीयाले गर्दैछ।

यस सिवीरमा जोडीनको लागि तलको लिङ्कमा क्लिक गर्नु होला

Join Zoom Meeting

https://zoom.us/j/95650603489?pwd=UEFpZHpibFQxbE14ZUp1Yk1DdTRpdz09

Meeting ID: 956 5060 3489

Passcode: 138684

योग मार्फत मानसिक र शारीरिक स्वस्थ रहन  र भौतिक प्रगति र आध्यात्मिक उन्नती गर्दै  सेवाको भवना जगाउन निरन्तर लागी रहनु भएको योग गुरु मधुसुदन भेटुवालद्वारा यस अघि अस्ट्रेलीयाको भ्रमणको क्रममा साथी अस्ट्रेलीया, ईनेपाल,  नेप्लिज नेवरहुड कमिनिटिको सहकार्यमा बुस फाएरको सहयोगार्थ योग शिवीर सफलता पुर्बक सम्पन्न गर्नु भएको थियो।

मानसिक र शारीरिक स्वस्थ रही भौतिक प्रगति र आध्यात्मिक उन्नती गर्दै सेवाको भावना जगाउन यो अनलाईन योग शिवीरमा जोडिन आवस्यक रहेको र ब्राह्मणको शृस्टिसँगै योग पनि बिक्षित भएकोे योगी मधुसुदन बताउनु हुन्छ।

हिमालयन योगीले परिचित योगी मधुसुदनले योग शिवीर क्रममा योगको बिभिन्न आयामहरु, स्वस्थ जिवनशैली , योगिक जीवनपद्दति , हात र खुट्टामा रहेका अक्कुप्रेसर  पेटमा दबाउँदा शरिरमा पर्ने प्रभाब, योग र भौतिक बिज्ञान ,योगको प्रत्यक्ष प्रभाव, योगद्वारा रोगको निदान आदि विषयका साथै योग भूमि नेपालको बारेमा पनि जानकारी दिनु हुनेछ। अहिलेको परिस्थितीमा योगशिविरले व्यक्तिको मानसिक र शारीरिक स्वस्थ रही भौतिक प्रगति र आध्यात्मिक उन्नती कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित रहने छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal