आजका हाम्रा बालबालिका भोलिका देशका कर्णधार हुन ” भन्ने मुल मन्त्रका साथ नेप्लिज एसोसियसन अफ भिक्टोरीयाले छ बर्ष उमेर देखी सोर्ह बर्ष उमेर समुहका भाईबहिनीहरुलाई लक्ष्क्षित गर्दै नजिकिदै गरेका महान चाड दशै र तिहार शिर्षकमा बक्तृत्वकला प्रतीयोगीता आयोजना गर्ने भएको छ।
हामी विश्वका जुनसुकै ध्रुबमा पुगेपनि आफ्नो भाषा, सँस्कार र सँस्कृति पनि सँगसँगै लिएर गएका हुन्छौं । प्रवासमा हुर्किदै गरेको दोश्रो पुस्ताले आफ्नो मौलीक भाषा, कला र सँस्कृती कतै बिर्सने पो हुन कि भन्ने डर धेरै अभिभावकहरुमा परेको छ।
भाषा हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हाम्रो चिनारी नै हराउँछ ” आफ्नो भाषाको बर्णन गर्न नसके पनि हाम्रो संस्कार र संस्कृतिको चिनारी दिन सकुन भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरीएको हो।
यस कार्यक्रमको मुल उद्देश्य भनेको हाम्रा बालबालिकाहरूलाई हाम्रो मौलिक चाडपर्वहरूको जानाकारीमुलक सुचना सम्प्रेषण गराउँदै त्यसप्रति लगाव र आत्मीयता बढाउनुका साथै बालबालिकाहरूको बक्तृत्वकलाको विकास गराउने उद्देश्य हो।
हामीले हाम्रा बालबालिकाहरूलाई यस्ता बिविध उपयोगीमुलक गतिबिधिहरूमा संलग्न गरायौँ भनेमात्र भविष्यमा उनीहरूलाई थोरै भएपनि थप उर्जा मिल्न सक्ने न्याभका अध्यक्ष राम गुरुङ बताउनु हुन्छ।
हाम्रा यी ससाना भबिष्यका कर्णधारहरूका कला, सँस्कार र सँस्कृति प्रतिको मोह र बढ्दो चाहानाले हाम्रो लागि अझ सोंचनिय बिषयको मुद्दा बनाएको छ । न्याभले बिगतका दिनहरूमा गर्दै आएको बालदिवशको सम्झना स्वरूप हामीले हाम्रा भिक्टोरियाका बिभिन्न ठाउँहरूमा छरिईएर रहेका हाम्रा नेपाली बालबच्चाहरूको भिडियो कलेक्सन गरेर हाम्रो सँस्कृतिको रक्षक हाम्रा बालबालिका नै हुन भनेर देखाउने प्रयासमात्र गरेका हौँ भन्दै भिक्टोरीयामा बसोबास गर्ने सबै अभिभाबकहरुले आफ्ना छोरा छोरीलाई जे जति जानेको कुरा सिकाएर भिडीयो बनाएर पठाउन समेत अनुरोध गर्नु भएको छ।
न्याभले भिक्टोरियाका धेरै ठाउँहरूमा नेपाली भाषी पाठशालाहरू संचालन गरिरहेको छ भने हरेक बर्ष बालदिवशको अवसर पारेर बिशेष कार्यक्रम गर्दै आएको छ। यो बर्ष भने कोरोना अनि भिक्टोरीयामा चौथो चरणको लकडाउनको कारण बालदिवश हुन सकेन।
कार्यक्रमको बारे थप जानकारीको लागि कार्यक्रम संयोजक कृष्ण चालिसेलाई सम्पर्क गर्न सक्नु हुनेछ या न्याभको अफिसियल पेजबाट जानकारी लिन सक्नु हुनेछ।

