eNepal

नेपाल प्रबर्द्धन, सामाजिक सुरक्षा जस्ता उद्धेस्यका लागि जिलोङमा नयाँ नेपाली संस्था दर्ता

एक लाखभन्दा बढीको सहभागिता हुने अस्ट्रेलियाकै ठूलो मध्येको एक बहुसांस्कृतिक महोत्सव पाको महोत्सव आयोजना गरिने अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नपछिको ठूलो शहर जिलोङमा नेपाललाई अझ बढी चिनाउन र नेपालीहरुका बीच जिउँदोको जन्ती मर्दाको मलामी भाव बिकास गर्दै समाजमा देखा पर्ने बिभिन्न चुनौतिहरुका बीच सदस्यहरुलाई सुरक्षित महसूस गराउँदै ग्रेटर जिलोङ र वारवनको दक्षिण पश्चिममा रहने नेपालीका बीच  अनेकतामा एकता उद्धेस्य प्राप्तीका साथ नेपालीको अधिकाधिक पहिचान सहितको एकिकृत नेपाली समाज निर्माणका लागि पछि थप्ने गरी हाल वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेको अध्यक्षतामा सात सदस्यीय कार्य समिति सहितको ग्रेटर जिलोङ नेपलिज कम्युनिटि दर्ता गरिएको छ । अन्य पदाधिकारीहरुमा इन्जिनियर जीतेन गुरुङ उपाध्यक्ष, कुन्दन जोशी सचिब, श्रीमती उपासना अमात्य कोषाध्यक्ष छन्ट भने सदस्यहरुमा श्रीमती निनु पुन: मगर, लक्ष्मी अधिकारी, र इन्जिनियर कबिता ज्ञवाली छन्।

Dr Santosh Pandey

President, GGNEC

Mobile: 040 25 36 841

E-mail: [email protected]

Facebook page: https://www.facebook.com/groups/605553070201044 

जिलोङ क्षेत्रमा नेपाली समुदाय तिब्र गतिमा बढिराखेकोले नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृतिबाट बिमुख हुन नदिन समाजमाथि दायित्व बढि राखेको कारण संस्थागत रुपमा अगाडि बढ्ने निर्णय गरिएको सँस्थाका अध्यक्ष डा.सन्तोष पाण्डेले जानकारी गराउनु भयो।

ग्रेटर जिलोङ नेपलिज कम्युनिटिमा २० जना संस्थापक र हालसम्म ८० भन्दा बढी साधारण सदस्य छन र संख्या बढ्ने क्रममा छ । कोरोनाका कारण बैठकहरु बस्न समस्या भएकोले १५ डिसेम्बर, २०१९ मा गठन गरिएको यो संस्थालाई दर्ता गरेर आधिकारिकता दिन ढिलाई भएको थियो । लकडाउन खुकुलो हुने बित्तिक्कै बैठक बसी संस्थालाई बिस्तार गर्ने र २०२१ को पाको महोत्सबमा नेपाल प्रबर्द्धन लगायतका अन्य सामाजिक कामका बिषयहरुलाई तिब्रता दिइनेछ”।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal