रोएल नेपाल क्यानबेरा फुटबल क्लबले हिजो शनिबार २६/०९/२०२० का दिन क्यानबेराको यारालुम्ला पार्कमा बार्बिक्यु कार्यक्रम आयोजना गर्दै खेलाडीलाई जर्सी ,मायाँको चिनो तथा प्रायोजकहरु लाई सम्मान पत्र बितरण गरेको छ। क्लबका बर्तमान अध्यक्ष सुशील पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

अस्ट्रेलिया तथा प्रशान्तीय क्षेत्रका राजदुत महामहिम महेश राज दहालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वरिष्ठ समाजसेवी डा कृष्ण हमाल तथा वरिष्ठ समाजसेवी डा.दुर्गा दत्त कंडेल, पुर्ब एनआरएन अध्यक्ष राजन ढुंगेल लगाएत सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्ल, एनआरएन एनसिसि सदस्य ललित मल्ल पनि सामिल हुनुहुन्थ्यो।
रोयल नेपाल क्यानबेरा फुटवल क्लबको कार्यसमितिमा अध्यक्ष सुशील पोख्रेल, अमर पौडेल उपाध्यक्ष , सचीवमा जेनिथ खड्का तथा सैलेन्द्र पौडेल सहसचिवको भुमीकामा हुनुहुन्छ।
कार्यक्रमको मुख्य प्रायोजकको रुपमा Brimta Education & Recuritment services Canberra रहेको थियो भने अन्य प्रायोजकहरुमा Aussie Finance & home loan Canberra तथा Global Driving , Namaste Indian restaurant र PARA HOMES रहेका थिए।


