चितवन समाज भिक्टोरीयाले हरेक बर्ष गर्दै आएको सामाजिक कार्यलाई यस बर्ष पनि निरन्तरता दिएको छ।कोविड्-१९ को कारण चितवन समाज भिक्टोरियाले मेल्बोर्नमा गर्दै आएको साङ्गितीक कार्यक्रम कोरोनाको कारण यस बर्ष रोकिएको छ।
कोरोना कहरका बिच मा पनि आफ्नो सामाजिक दायीत्वलाई निरन्तरता दिदै भिक्टोरियाका नेपाली सँस्थाहरु एन आर एन ए भिक्टोरीया लगायत अन्य सामाजिक सँस्थाहरु सम्मिलित भिक्टोरीयन नेप्लिज कम्युनिटी कोविड राहत कोषलाई १००० अस्ट्रेलियन डलर सहयोग गरेको छ भने लामो समय देखि क्यान्सर पिडित चितवन निवासी एक बिरामीलाई उपचारका लागि १ लाख आर्थिक सहयोग गरेको छ।
त्यस्तै आर्थिक रुपमा कमजोर र दुबै म्रिगौला फेल भै बिगत चार बर्ष देखि डाइलेसिस गराउंदै आउनु भएकी चितवन इक्षा कामना गाउँ पालीका निवाशी शर्मिला गुरुङको म्रिगौला प्रत्यारोपणका लागि ५० हजार नेपाली सहयोग गरेको छ।
आर्थिक अभाबका कारण बन्द हुन लागेको दिवा स्याहार केन्द्र, चितवन जसले मस्तिष्क पक्षघातका बिरामी बालबालिकाहरु लाई सेवा दिएको छ , उक्त केन्द्रलाई १ लाख आर्थिक सहयोग प्रदान गरेको छ।





