डिकेन विश्वविद्यालय नेपाली समाजको नयाँ कार्य समिति गठन भएको छ । एक बर्षे कार्यकालका लागि माधब खरेलको अध्यक्षतामा सात सदस्यीय नयाँ समिति गठन भएको हो ।
नव गठीत कार्य समितिमा उपाध्यक्ष डीना गुरूङ, सचिव सिदार्थ श्रेष्ठ, कोषाध्यक्ष रिग्मा पौडेल, कार्यक्रम संयोजक सम्पुर्ण अधिकारी, मिडिया मार्केटिङ अफिसर मुस्कान करणर्जित र जिलोङ अफिसर सागर पाठक रहेका छन् ।

डिकेन विश्वविद्यालय नेपाली समाज (DUNS) सन् २०१९ मा स्थापना भएको एक अध्ययन संस्था हो जसले सबै नेपाली र गैर-नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलियामा नेटवर्किङको अवसरहरू प्रदान गर्न फोरम सिर्जना गर्ने उद्देश्य राखेको छ। साथै गैर-नेपाली पृष्ठभूमिका मानिसहरूलाई नेपाली संस्कृतिको प्रबर्धन गर्न र नेपाली समाजप्रति मूल्यांकनको भावना जगाउन अभिप्रेरीत गर्न मद्दत गर्ने अध्यक्ष माधव खरेलले जानकारी गराएका छन्।
डियूएनएसले जागिरको खोजिमा रहेका नेपाली विद्यार्थीहरुलाई आफ्नो बायोडाटा र कभर लेटर कसरी बनाउने तथा रोजगारीका अवसरहरु के के हुन भन्ने बारेमा परामर्श दिदै आएको छ ।
यस सँस्थाको अर्को लक्ष्य भनेको नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अष्ट्रेलियाको संस्कृतिमा घुलमिल गराई सिनीयर विद्यार्थीहरूको सहयोगमा र क्लबको सहभागिता मार्फत मित्रता, राम्रो साथी र आपसी समझदारी मार्फत सदस्यहरूलाई एकजुट गराउँदै बस्ने पढ्ने वाताबरण सहज बनाउन सहयोग गर्ने रहेको छ।
बिभीन्न सामाजिक कार्यक्रमहरु जस्तै मोमो फेस्टिवल, रोड ट्रिप्स, बार्बेक्युज, कार्यशालाहरू गर्दै सबैलाई एकिकृत गरेर आगामी दिनमा रोजगार प्रशिक्षण लगायत सामाजिक मुद्दा जागरूकता सम्बन्धी कार्यक्रमहरु पनि योजना रहेको अध्यक्ष माधव खरेलले जानकारी गराएका छन्।
कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका नेपाली विद्यार्थीहरुलाई सोसाईटीले खाध्यन्न राहत उपलब्ध गराइ सकेको छ भने मानसिक स्वास्थ्यका बारेमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

