नेपाल साइन्स फाउन्डेसन ट्रस्ट अस्ट्रेलिया र गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय समिति अन्तर्गत पर्ने ज्ञान, सिप आदानप्रदान सम्बन्धि विज्ञहरुको समिति द्वारा संयुक्त रूपमा अनलाईन कार्यक्रम आयोजना गर्न लागिएको छ।
बिशेष गरेर अन्तर्रास्ट्रिय बिधार्थीहरु, प्रारम्भिक रोजगार खोज्नेहरू र मध्य क्यारियर पेशेवरहरूका लागि अष्ट्रेलियाको रोजगार बजारमा प्रवेश र उनीहरूको क्यारियरको पथमा कसरी कसरी प्रगति गर्न सकिन्छ भन्ने जानकारी दिलाउन यो कार्यक्रमको लक्ष रहेको छ।
कार्यक्रमको क्रममा यस क्षेत्रका नेपाली बिशेषज्ञहरुले आफ्नो सफलताका कथाहरू प्रस्तुत गर्नेछन् भने उनीहरूको क्यारियरको सुरु हुँदा आई पर्ने केहि साझा चुनौतीहरूको बारेमा छलफल गर्ने बताईएको छ।
१५ बर्ष भन्दा बढीको अनुभव भएका प्रस्तुतकर्ताहरू नयाँ रोजगारदाता विद्यार्थीहरू, अनुभवी पेशेवरहरू र अतिथि क्यारियर रणनीतिकार हुन् जसले आफ्ना अनुभवहरू साट्दै त्यसको सतहीमा पगेर जानकारी दिइने छन्।
क्यारियर चुनौतीहरू र कथाहरू सुन्न पक्कै पनि यो वेबिनार तपाईहरुको लागी उपयोगी हुन सक्छ। रजिस्ट्रेसनको लागि तलको लिङ्कमा क्लिक गर्नु होला।
भर्चुअल वेबिनार २७ सेप्टम्बर आईतबाट बिहान १० बजेबाट १:३० सम्म हुने छ भने यस वेबिनारलाई तीन सत्रमा बिभाजन गरिएको छ। थप जानकारी तलको पोस्टरमा हेर्न सक्नु हुनेछ।





